कसैले हप्काउँदै र तर्साउदैमा प्रधानमन्त्रीबाट राजिनामा दिन्न : ओली
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम जेठ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताउएका छन ।उनले भने“अहिले मलाई प्रधानमन्त्री पद छाड्नुप¥यो भनेर हप्काउने र तर्साउने काम गरिँदै छ यो मलाई स्वीकार्य छैन हप्काई र तर्साइबाट तर्सिने मेरो स्वभाव होइन ।
आजदेखि यहाँ सुरु भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रम पद छाड्दा देश र जनताको भलो हुन्छ समस्या एकाएक सबै हल हुन्छन् भने आफूलाई कुर्सीमोह नभएको बताएका हुन ।
म जन्मदा प्रम नै भएर नजन्मेको र मर्दा पनि प्रमपद लिएर जाने होइन देश र जनताको सेवा गरेका कारण प्रम भएको हुँ अहिले मलाई कमाउनु छैन भ्रष्टाचार पनि गर्नुछैन देश बनाउने समय पाएको छु, जतिदिन प्रम हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु ओलीले भने ।
प्रम ओली आफू अति अप्ठ्यारो अवस्थामा प्रमपद सम्हालेको चर्चा गर्दै तराईको आन्दोलन सेलाउँदै गएको र आर्थिक समृद्धिको बाटोमा मुलुक लम्किन लागेको बताएका छन ।