फोरम लोकतान्त्रिकका युवा नेता किशोर कुमार गुरुङ सहित ७७ केन्द्रीय सदस्य मनोनित (नामावलीसहित)
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम असार १। मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ले केन्द्रीय कार्यसमितिमा युवा नेता किशोर कुमार गुरुङ सहित ७७ केन्द्रीय सदस्य मनोनित गरेको छ । फोरम लोकतान्त्रिकको गत बैशाखमा सम्पन्न प्रथम महाधिवेशनपश्चात् बसेको प्रथम केन्द्रीय कार्यसमितिको बैठकले ७७ जना केन्द्रीय समिति मनोनयन गरी अहिले १२० सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बैठक जारी छ । सो बैठकले पदाधिकारी चयनदेखि पार्टीको विभिन्न विभागसहित भावी रणनीतिबारे विशेष छलफल गरिरहेको स्रोतले बताएको छ ।युवा नेताहरुको योग्यता र लगानीलाई पार्टीले मूल्यांकन गरी युवाहरुको हरेक आन्दोलनमा आफ्नो र संगठनको सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा नेता किशोर गुरुङलाई बिशेष स्थानका साथ् केन्द्रीय सदस्यमा सो बैठकले मनोनयन गरेको छ ।
को को परे केन्द्रीय सदस्यमा मनोनयनमा हेर्नुस :