ओली र नेपाल पक्षबीच कुटाकुट
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम असार ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कर्मचारीबीच कुटाकुट हुँदा आधिकारिक ट्रेड युनियनको पदाधिकारी चयन प्रभावित भएको छ ।एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठकमा दुई पक्षबीच भएको कुटाकुटले पदाधिकारी चयन प्रभावित भएको हो । हालै सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको संगठनको अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारी छनोटका लागि शुक्रबार बसेको बैठकमा विवाद भएपछि हात हालाहाल भएको हो । एमालेको कर्मचारी संगठनबाट पुण्य ढकाल र भोला पोखरेलले अध्यक्षमा आफ्नो दाबी गरिरहेका छन्। ढकाल ओली समूहका हुन् भने पोखरेल नेपाल पक्षका । हात हालाहाल भएपछि बैठक स्थगित गरिएको छ। एमालेले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित आठ जना केन्द्रीय सदस्य पाउने छ।यसैबीच, दोस्रो ठूलो संगठन नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी संघले भने एक साताअघि नै पदाधिकारी छानिसकेको छ भने माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनले भने आफूहरुले पाउने उपाध्यक्ष पद खोसेर सचिव पद दिइएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्