काबुलमा मारिएका नेपालीका परिवारलाई सेक्यूरिटी गार्ड कम्पनीले ३० लाख ठग्यो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम असार १५ । अफगानिस्तानको काबुलमा आतंकबादी बम हमलामा मारिएका १२ नेपालीका परिवारलाई सेक्यूरिटी गार्ड कम्पनीले ३० लाख क्षतिपूर्ति दिने भएको छ । जिफोर सेक्यूरिटी कम्पनीले मृतकका परिवारलाई ३० लाख विमा बापतको क्षतिपूर्ति दिने भएको हो । अन्तराष्टिय कानुन अनुसार सेक्यूरिटी गार्डलाई विमा बापत ६० लाख रकम दिनु पर्ने ब्यवस्था छ । तर सेक्यूरिटी गार्ड कम्पनीले आधा रकम ३० लाख मात्र दिने निर्णय गरेको छ । सरकारले तत्काल विमा बापतको रकम उपलब्ध गराउन आग्रह गरेपछि ३० लाख दिने निर्णय गरेको हो । गत साता क्यानडा दुतावासमा कार्यरत १२ नेपालीको आत्मघाती बम विस्फोटमा मारिएका थिए । उनीहरुको परिवारलाई विमासहित १० लाख क्षतिपुर्ति दिने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्