नखाएको विष लागेपछि,कृषि विकास बैंक लहानको लापरवाही
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान २१ जेठ । ‘नखाएको विष लागेपछि’ छट्पटि त निकै नै हुने भयो । यो पीडाको कहर विष्णुनारायण कुशवाहा एग्रोभेटका प्रो.सत्यनारायण महतोको हो । उनले भने ‘कृषि खेतीको लागि ऋण लिएपनि म माथी ट्रायक्टरको ऋण देखाएर जग्गा लिलामी गर्न लगायो ।’ ‘लिलामी बापत मेरो खत्ताबाट १४ हजार ८ सय १५ रुपैयां खर्च काटियो ।’ त्यति मात्रै हैन् १० लाख लिएको ऋणबाट कृषि विकास बैंकले २०७२ माघ २२ गते बैंककै कर्मचारी विश्वनाथ साहको नाममा रहेको खात्तामा ३ लाख ट्रान्फर गरिएको छ ।’ खात्तामा रहेको रकम झिक्न जांदा महतोबाट बैंकले भुक्तानी दिए । तर, बैंकले केही छिनमै रकम फिर्ता लिए । यसवारेऋणि महतोले सोधपुछ गर्दा बैंक कर्मचारीले भने ‘तपाईंको खात्ता लक छ ।’ महतोले बैंक कर्मचारी विश्वनाथ साहसंग सम्पर्क गर्न जांदा बैंक कर्मचारी साहले भने ‘काठमाण्डौं पत्राचार गरेको छु, केही दिनपछि टेकनिसियन आएपछि लक खुल्छ ।’ ‘मलाई एक महिनासम्म आलटाल गरियो तर रकम दिएन् ।’ महिनौसम्म आलटाल गरेपछि महतो बैंकका प्रबन्धक अम्बे साहसंग हारगुहार गरेपछि प्रबन्धक साहले भने ‘तपाईंको पैसा विश्वनाथ साहले व्यक्तिगत निकालिएको हो ।’ जब खात्ताबाट रकम निकाल्नको लागि प्रबन्धक र लेखापालको हस्ताक्षर सहितको सहमति चाहिन्छ । यहां लक भएको खात्ताबाट कसरी ३ लाख निस्कियो भनी रहस्मय बनेको छ ? ऋणि महतोले आफुमाथी अन्याय भएको भन्दै कृषि विकास बैंक क्षेत्रीय कार्यालय राजविराज सप्तरीमा छानविन गरी दोषीलाई कडा कारवाही गरी पाउंवारे निवेदन दिएको दुई सत्ता भएको छ । सो क्षेत्रीय कार्यालयका प्रमुख धनुधारी महतोले ऋणिको न्यायोचित्त क्षतिपूर्तीवारे आलटाल गरिरहेको ऋणि महतोको गुनासो छ । जहां ऋणि महतोलाई कृषि विकास बैंक लहानले असल ऋणि भनेर २०६४ भदौं १ गते ग्रिन कार्ड दिएको छ । महतोले २०५० सालमा कृषि विकास बैंक शाखा कार्यालय लहानबाट हाईपो अन्तर्गत २ लाख ऋण लिएर कारोबार गरिरहेका थिए । कारोबार अन्तर्गत महतो थप एक लाख रकम लिएर किस्ता बमोजिम बैंकलाई रकम चुक्ता गरियो । यता,०६९ साउन ३० गते फेरी ५ लाख रकम लिएर कारोबार गर्दै आएका महतोले थप ५ लाख रकम गरी १० लाख ऋण लिएर कारोबार गर्दै आएका थिए । सोही १० लाखबाट ३ लाख झिक्न जांदा बैंक कर्मचारीको लापरवाही स्पष्ट भएको छ । थप ऋण लिने बेला कृषि विकास बैंकका कर्मचारीले ऋणि महतोबाट कमिशन वापत ३ प्रतिशत माग गरेका थिए । तर, एक रुपैयां घुस नदिएको कारण असल ऋणि रहेका महतोलाई ओझेलमा पारेको छ । यहां बैंकका कर्मचारीले गर्दै आएको अमर्यादित क्रियाकलापप्रति सम्बन्धित निकाय किन मौन छन् त ? बैंकलाई अप्ठ्यारोमा पार्ने ति कर्मचारीलाई कारवाही नभए भोली यस्तो अमर्यादित क्रियाकलापको बढोत्तरी यथावत नै रहने स्वास्थ्यकर्मी जयनारायण यादव बताउंछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्