प्रधानमन्त्री ओलीले अमेरिकी विदेशमन्त्रीलाई भने, ‘असन्तुष्टहरुलाई वार्तामा बोलाउँदा पनि अस्वीकार गरे
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मुख्य उपसहायक विदेशमन्त्रीलाई आन्दोलनरत् पक्षलाई वार्तामा बोलाउँदा पनि अस्वीकार गरेको बताएका छन् । प्रधानमन्त्री ओली र दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री विलियम टोडसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री ओलीले नेपालको संविधान जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, सभाका ९२ प्रतिशतले हस्ताक्षर गरेको, ८६ प्रतिशतले दफादफामावहस गरी पारित गरेको, मौलिकहक र अधिकारकालागिमात्र संविधानका ३१ धारा छुट्टयाइएको, पुर्ण समाबेशी, समानुपातिक र सबैलाई सम्मानजनक र समानअधिकार सुनिश्चित गरेको उत्कृष्ट संविधान रहेको बताएका छन् ।उनले संविधानमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै कसैलाई त्यस्तो लागेको भएमा तीनमा पनि वार्ता र संवादमार्फत समाधान खोज्न सकिने बताए । आफूले वार्तामा आउन असन्तुष्टहरुलाई आग्रह गरेको तर त्यसलाई अस्वीकार गरेर मुलुकलाई अस्थिर बनाउने प्रयास गरेको प्रधानमन्त्रीले अमेरिकी विदेशमन्त्रीलाई जानकारी गराएको प्रेस सल्लाहकार प्रमोद दाहालले जनाएका छन् ।भेटमा नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्ध, भूकम्पपछिको पुनर्निर्माण, संविधाननिर्माण र कार्यान्वयन, नेपालको आर्थिक बिकासमा अमेरिकी सहयोग लगायतका विषयहरुमा समेत छलफल भएको थियो ।