सरकारले तिरेन पूर्व राष्ट्रपति यादव बस्ने घरको भाडा, घरबेटी अदालतको शरणमा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम असार ६ । पटकपटक घरभाडाका लागि पहल गर्दा पनि सरकारले वास्ता नगरेपछि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवलाई राखिएको घरका धनीले सरकारविरुद्ध मुद्दा दायर गरेका छन्। पूर्व राष्ट्रपति यादवलाई हतार हतार गरी सारिएको घरका लागि मासिक १ लाख ३० हजार रुपैयाँ तिर्ने गरी रविभक्त विष्टको घर भाडामा लिइएको थियो। मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले सारेको घर हाइटेन्सन लाइनभन्दा मुनि परेकाले विद्युतसमेत थिएन। घरमा फर्निसिङ तथा कुनै पनि सुविधा नहुँदा नहुँदै पूर्व राष्ट्रपतिलाई त्यहाँ सारिएको थियो। पूर्व राष्ट्रपतिलाई सरकारले भाडा तिरिदिने गरी घरमा राखेको भए पनि अहिलेसम्म भाडा तिरेको छैन। २०७२ साल कार्तिक ११ गते घरभाडाका लागि सहमति गरिएको थियो। भाडा रकम पाउँ भन्दै घरवेटी विष्टले २०७२ साल माघ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएका थिए। सरकारले जस्तो घरमा लगेर राख्छ आफू त्यस्तैमा बस्ने भन्दै यादवले कुनै आपत्ती जनाएका थिएनन्। उनले सरकारले आफूलाई गर्ने व्यवहार ‘नजिरका रुपमा’ स्थापित हुने बताउँदै जहाँ राख्छन् त्यही बस्ने जनाएका थिए। मुद्दा ललितपुर जिल्ला अदालतमा दायर भएको हो।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्