मधेश मिडिया मिशनद्धारा संचार कानुन तालिम
Advertise Here Book Now
दिनेश्वर गुप्ता लहान, ४ असार । संचार कानुन सम्बन्धि दुई दिने तालिम रौतहटमा सम्पन्न भएको छ । मधेस मिडिया मिसन नेपालको आयोजनामा शुक्रबारदेखि शुरु भएको दुई दिने तालिम शनिवार सम्पन्न भएको हो । सो तालिममा विभिन्न जिल्लाका दुई दर्जन पत्रकार सहभागि थिए । मिसन रौतहटका अध्यक्ष शैलेन्द्र झाका सभाध्यक्षतामा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष शैलेनद्र गुप्ताको प्रमुख अतिथ्यमा कार्यक्रम ससम्पन्न भएको हो । सहभागिहरुलाई समापन कार्यक्रममा प्रमाणपत्रसमेत वितरण गरिएको सिरहाबाट तालिममा सहभागि पत्रकार नरेश बरबरियाले जानकारी दिएका छन् । अचारसंहिता भित्र रहेर सत्य तथ्य तथा निष्पक्ष समाचार लेखन तथा सम्प्रेशन गर्ने उद्देश्य सहित तालिम दिएको आयोजकले जनाएको छ ।
संघीयता विना देश चल्दैन ः डा.विष्ट
लहान, ४ जेठ । संघीयता विना देश चल्दैन, अब संघीयताको सवालमा पछाडि नहटने भन्दै मिडियाले यसमा समाधानको सम्वाद गर्नुपर्ने नेपाल पत्रकार महासंघ केन्द्रीयका अध्यक्ष डा.महेन्द्र विष्टले बताउंनुभयो ।
स्थानीय सञ्चार माध्यम र पत्रकार आचारसंहिता विषयक छलफलमा आज लहानमा भएको सो कार्यक्रममा उहां विष्टले परिवर्तनलाई संस्थागत गर्न, लोकतन्त्रलाई अभ्यास, गणतन्त्रलाई संस्थागत गर्न र संघीयताको जटिलतालाई समाधान गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउंनुभयो ।
नेपाल पत्रकार महासंघ सिरहा र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा अध्यक्ष विष्टले समावेशिलाई व्यवस्थापन गर्न जोड दिंदै समान सहभागिताको लागि कसरी अगाडि बढ्ने ? भूगोल—जातजातीलाई न्यूज रुममा कसरी सहभागी गराउंन सकिन्छ ? यसको लागि कसरत गर्नुपर्ने बताउंनुभयो ।
कार्यक्रममा मधेश मिडिया मिशन नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सिरहा निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ताले मोफसलका भन्दा काठमाण्डौंका सञ्चार माध्यमले बढी आचार संहिता उलंघन गर्दै आएको बताउंनुभयो ।
यसैगरी, प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामती, नेपाल पत्रकार महासंघ सिरहाका पूर्व अध्यक्ष रमानन्द गुप्ता, प्रेस युनियनका सन्तोष सुवेदी, क्रान्तिकारी पत्रकार केन्द्रका हिरालाल चौधरी, प्रेस मञ्च सिरहा अध्यक्ष मनोज बनैतालगायतका मन्तव्य राख्नुभएका थिए । नेपाल पत्रकार महासंघ सिरहा अध्यक्ष देवकुमार यादवका सभाध्यक्षतामा भएको सो कार्यक्रमको संचालन रिंकु दासले गर्नुभएको थियो ।