प्रहरीले कानुनअनुसार कारबाही नगरी बर्दीको नाममा दादागिरी गरेको भन्दै आक्रोस
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम जेठ २२ । नेपालगन्ज–रुपैडिहा सीमामा खटिएको सशस्त्र प्रहरीले मोटरसाइकल इन्ट्री नगरेको भन्दै स्थानीयवासी इद्रीस सैयदलाई रुमालले हात पछाडि बाँधेर दुव्र्यवहार गरेका छन्। नेपालगन्ज भन्सार कार्यालयको अघिल्तिर मुख्य सडकमै सयौंका अगाडि त्यसरी दुव्र्यवहार गरिएको हो। सार्वजनिक स्थानमा हात बाँधेर मानव अधिकारको उल्लंघन गरिएको छ,’ प्रत्यक्षदर्शी रामराज कहारले भने, ‘यस्ता दुव्र्यवहारका घटना दैनिक तीन/चार वटा हुने गरेका छन्।’ दुई दिनअघि भएको उक्त घटनालाई केही प्रत्यक्षदर्शीले मोबाइलमा कैद गरेर सामाजिक सञ्जालमा राखेका थिए। भन्सारमा खटिएका सशस्त्र प्रहरीका प्रमुख डीएसपी जहरसिंह बुढाले सामाजिक सञ्जालमा फोटो राख्ने युवालाई कार्यालयमा बोलाएर हटाउन लगाएका छन्।स्थानीयवासीले प्रहरीले कानुनअनुसार कारबाही नगरी बर्दीको नाममा दादागिरी गरेको भन्दै आक्रोस व्यक्त गरेका छन्। इद्रीसलाई मात्र त्यसरी दुव्र्यवहार गरिएको होइन्,केही दिनअघि सीमावर्ती भारतीय बजार रुपैडिहाबाट रिक्सा किनेर ल्याउँदै गरेका आरिफ सैयदलाई सुरक्षाकर्मीले पक्राउ गरे। भन्सार कार्यालय अगाडिबाटै पक्राउ गरिएका उनलाई तीन दिन हिरासतमा राखियो।राजस्व छली गर्ने व्यक्तिलाई भन्सारले पक्राउ गरी बिगो बराबर जरिवाना र धरौटी मागेर छोड्न सक्छ। तर, उनलाई तीन दिन राखिएको हो। ‘भन्सार गराउन जाने क्रममै मलाई पक्राउ गरियो। कानुनअनुसार जरिवानालगायतका सजाय भोग्न तयार हुँदाहुँदै तीन दिन थुनेर राखे,’ आरिफले भने, ‘कुनै पनि व्यक्तिलाई अनाहकमा दुव्र्यवहार गर्ने अधिकार प्रहरीलाई छैन।’ शुक्रबार दिउँसो पनि भन्सारको मुख्य कार्यालय अगाडि सशस्त्र प्रहरीले सुरक्षा जाँचका नाममा केही यात्रुलाई दुव्र्यवहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। राजस्व छली तथा चोरीनिकासी नियन्त्रणका लागि भन्सारमा खटिएका सशस्त्र प्रहरीका प्रवक्ता निरीक्षक अमितबहादुर मल्लले काम गर्दा केही कमजोरी हुन सक्ने स्वीकारे। तर,सर्वसाधारणलाई दुव्र्यवहार नगरिएको उनको दाबी छ। मोटरसाइकल इन्ट्री नगरेको आरोपमा पक्राउ परेका युवालाई हात बाँधेर राखेको घटनाका बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ।‘त्यस्तो गर्ने सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याइसकेका छौँ। घटनाको सत्यतथ्य बुझेपछि दोषी पाइए कारबाही गर्छौं,’ उनले भने,
‘सुरक्षा जाँच गर्न खोज्दा कतिपयले विवाद गर्न खोज्दा यस्ता समस्या आएका हुन सक्छन्।