अमेरिका पुगेर मोदीले भने, ‘नेपाल हाम्रो जिम्मेवारी हो’ (भिडियोसहित)
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम जेठ २७ । अमेरिका भ्रमणको क्रममा त्यहाँको संसद भवनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समेत नाम लिएका छन् ।करिब ४६ मिनेट लामो भाषणमा मोदीले अन्त्यतिर नेपालको नाम लिदै छिमेकी देशप्रति भातको जिम्मेवारी रहेको बताएका हुन् । उनको आसय छिमेकी देशलाई आवश्यक पर्दा भारतले सहयोग गरेको र हरपल गर्न तयार रहेको भन्ने बुझिन्थ्यो ।दक्षिण एसियाली राष्ट्रको विकासमा भारत लागिपरेको बताउदै मोदीले नेपालल माल्दीभ्स र श्रीलंकाको नाम लिएका थिए । उनले नेपालको भूकम्पको भूकम्प, माल्दीभ्स र श्रीलंकाको पहिरोमा भारतले पहिलो सहयोग गरेको बताउद छिमेकी देशलाई भारतको जिम्मेवारीका रुपमा बताउन खाजेका थिए ।