संघीय गठबन्धनले खुला मञ्चमा थाले रिले अनसन
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकक जेठ २५ गते । राजधानी केन्द्रित आन्दोलनका क्रममा संघिय गठबन्धनले काठमाडौंको खुला मञ्चमा आज (मङ्गलवार) विहानदेखि रिले अनसन शुरु गरेका छन् ।गठबन्धनले आन्दोलनको पूर्व घोषित कार्यक्रम अनुसार एक महिने रिले अनसन थालेका हुन् । रिले अनसनको पहिलो दिन संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत सिंह भण्डारी, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादव, गठबन्धनका प्रवक्ता प्रशुराम तामाङ, ओम गुरुङ्ग, दानबहादुर विश्वकर्मा, कुमार लिङ्देन लगायतका वरिष्ठ नेताहरु सहभागी भएको फोरमका केन्द्रीय सदस्य अशोक यादवले जानकारी दिए ।गठबन्धनले विहान ७ बजेदेखि रिले अनसनको शुभारम्भ गरेका छन् । गठबन्धनले विभिन्न माग राख्दै राजधानी केन्द्रित आन्दोलन गर्दैआएको छन् । साभार टुडे न्यूज़