आखिर म मधेसी न परेँ भन्दै मन्त्री मण्डलले जब प्रधानमन्त्री ओलीसँग न्याय मागे
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम असार १५ ।बूढा मन्त्री र तन्नेरी कार्यकर्ताको एकैपल्ट बाझाबाझ ! अस्ति सोमबार, राती ११ बजेदेखि बालुवाटारमा यस्तो चल्यो , सकिँदा भालिपल्ट अर्थात, अस्ति बिहान भैसकेको थियो । मन्त्रालय बाँडफााँदेखि नै असन्तुष्ट सहँदै आएका खेलकुद मन्त्री सत्यनारायण मण्डल मध्यरात प्रधानमन्त्री केपी ओलीसँग भन्दै थिए, ‘आखिर म मधेसी न परेँ । एउटा मधेसीलाई मन्त्री बनाएको छु भनेर भाषण त गर्नुहुन्छ, तर ममाथि भएको अपमान टुलुटुलु हेरेर बस्नुभएको छ ।
कतिपल्ट भनिसँके मलाई न्याय दिनुस् कमरेड ! न्याय नदिनु पनि अन्याय हो । तपाई पनि मधेसमाथि अन्याय गर्न पछि पर्नुभएन !’ यसरी यी बृद्ध मन्त्रीको पारो छुट्नुको कारण थियो, त्यही दिन दिउँसोको एउटा घटना । अमेरिकी राजदूत एलाइन बी टेप्लिजले शिष्टाचार भेटका लागि तीन दिनअघि परराष्ट्र मन्त्रालय हुँदै खेलकुद मन्त्रालयमा पत्राचार गरेकी थिइन् । सोमबार बिहानबाट बालुवाटारमा स्थायी समितिको बैठक चलिरहेको थियो । प्रदेश संयोजक छान्ने विषयमा लफडा चल्दा बैठक लम्बियो ।
उनी स्वयं सस्थापन पक्षबाट १ नं. प्रदेशको संयोजकका रुपमा प्रस्तावित थिए, अर्को पक्षबाट सचिव भिम आचार्य । यस्तो घम्साघम्सी चलिरहँदा प्रधानमन्त्रीका स्वकिय सचिव रमेश आचार्यले खबर सुनाए, ‘तपाई मन्त्रालय गइहाल्नुस् रे ! अमेरिकी राजदुत तपाईलाई भेट्न आइसक्नु भयो भनेर पिएले मलाई फोन गर्नुभएको छ ।’ बैठक छाडौँ कि राजदूत भेटौँ ! यस्तो तनावमा बैठक छाडे । मन्त्रालय पुग्नासाथ कर्मचारीहरुसँग पड्किए के हो यो ताल ? राजदूत आउने पत्राचार तीन दिनअघि भएको छ । मलाईचाहिँ आधा घण्टाअघि, त्यो पनि सिरियस मिटिङ चलिरहेको बेला खबर गर्ने ? के हामी मधेसीलाई पशु भन्ठान्नुभएको छ ? हाम्रो टाइम हुँदैन ? हाम्रो काम हुँदेन ? मन्त्रालयमा राजदूत भेटेर सत्यनारायण फेरि बालुवाटार पुगे ।
त्यसबेलासम्म माधव नेपाल पक्ष पदाधिकारीमध्यबाट प्रदेश संयोजक तोक्नुपर्नेमा र संस्थापन पक्ष स्थायी कमिटी सदस्यमध्यबाट तोक्नुपर्ने अडानमा अडिक थिए । उनलाई पार्टीको झगडासँग उति मतलब थिएन । मन्त्रालयका बारेमा कुरा गर्न खोज्दै थिए । प्रधानमन्त्री ओलीले ‘बेलुका तपाई र म बेग्लै बसेर कुरा गरौँला, अहिले छाड् दिनुस्’ भनेर कुरो टुङ्याए ।
बेलुकीका लागि प्रधानमन्त्रीले समय तोकेता गर्दागर्दै राति १० बज्यो । रमेश आचार्यले फोन गरेर बोलाए । पुग्दा ११ बजेको थियो । उनको मुख्य भनाइ थियो, ‘मन्त्री हुँ । मन्त्रालयमा के के हुँदैछ मलाई केही थाहा हुँदैन । सचिव र सहसचिवहरु सोध्दैनन् । बरु कहाँ छ माधव ढुङ्गेल भनेर खोज्छन् ।’ हालै राष्ट्रिय परिषद्को उपाध्यक्ष नियुक्त माधव ढुङ्गेल मुछिने पत्तो पाएर होला पहिल्यै त्यहाँ बोलाइएका रहेछन् ।
एकातिर कर्माचारीको पेलान, अर्कातिर केपीको विश्वारपात्र भएकै नाममा चाहिनेभन्दा पढी चम्किएर सहनुपरेको अपमानले यी बुढा मन्त्रीलाई धेरै पोलेको थियो । उनको भनाइको सार थियो राष्ट्रिय युवा परिषद्मा सदस्य बनाइदिने नाममा बजारभरि अनेकन आश्वासन बाँडिएको छ । यसरी आक्रोस पोखेपछि प्रधामन्त्रीले एक हप्ताभित्र सबै समस्या समाधान गर्ने बचन दिएपछि मण्डल १ बजे बालुवाटारबाट फर्किए ।