महन्थ ठाकुरको घरमा भएको चोरीले लियो नया रुप
Advertise Here Book Now

       रु १ करोड कहाँबाट आयो त्यो व्रिफकेशमा      

फाइल फोटो 


काठमाण्डौ । ठाकुरसाव, छोरी मिनाक्षी ठाकुरको आँखामा खुर्सानीको धुलो छर्केर र गर्धनमा खुकुरी तेस्र्याएर तमलोपाका अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी भयो ।
चोरी कस्तो भने व्रिफकेसमात्र । दुई जना रञ्जित गुप्ता र प्रचण्डप्रताप सिंह पक्राउमा परे । उनीहरुले दिएको बयानअनुसार व्रिफकेस लगेको हो, पैसा छ भन्ने थाहा थियो, बाँडेर लिने सहमतिमा लुटेको हे ।
व्रिफकेसमा १ करोड आइसी थियो । त्यो एक करोड आइसी कहाँबाट आयो ठाकुरसाव ?
एसपी सहकुल थापाले प्रश्न गर्दा महन्थ ठाकुर बोलेनन् । यसरी खुलासा भइसक्दा पनि पीडितपक्ष स्पष्ट बोल्दैन, लुटेरा पक्राउ परे, बयान दिए ।
सरकारको सहयोगी दल भएका कारण प्रहरी अनुसन्धानको सतहमै अल्मलिइरहेको छ । आइसीको स्रोत खोज्ने हो भने लहरो तान्दा पहरो गर्जन्छ भन्छन् अफ दी रेकर्ड भनेर प्रहरी अधिकारी ।                                         -स्रोत:newsoperation

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्