दुर्गाको मूर्ति बनाउन व्यस्त छ मूर्तिकार (फोटो फिचर )
Advertise Here Book Now

प्रमोद यादव ,ऑनलाइन सिरहा डटकम
दशैं र तिहार नजिकिदै गर्दा मदेशमा मूर्तिकार व्यस्त छ। सिरहामा एउटा मूर्तिकार सँग कुरा गर्दा उहाले जवाफमा भन्नुभयो -‘रातमा सुते सुन गुम्ने डर छ' त्येसैले दिन र रात काम गरी डिमाण्ड पुरा गर्नुपर्छ। उनी दैनिक २० घण्टा काममा खटिन्छन्। तै पनि उनले ग्राहकको अर्डर पूरा गर्न सकेका छैनन्। दसैँ जति नजिकिँदै छ, उति उनलाई कामले च्याप्दै गएको छ। खाना र नास्ता खाने बेला पनि उनको ध्यान काममै हुन्छ। उनलाई खाना खाने बेला समेत समय खेर गएको आभाष हुन्छ। समाचार संकलनका लागि त्यहाँ पुग्दा उनी देवी भगवतीको मूर्ति बनाउनमै ब्यस्त थिए।कामको बोझले उनी रातमा राम्रोसँग निदाउन समेत सक्दैनन्। ग्राहकलाई दिएको वचन पूरा गर्न नसके राम्रो नहुने भएकोले उनी रातको ११ बजेपछिमात्र घर जान्छन्। बिहान पनि उनी उज्यालो नहुँदै मूर्ति बनाउन थाल्छन्। दसैँका लागि सरस्वती माध्यमिक विद्यालय अगाडी मूर्ति बनाउने उनी यसपालीको दसैँमा २१ सेट दुर्गाको मूर्ति बनाउँदै छन्। ‘दैनिक ५/६ जना अर्डर दिन आउँछन्, तर मैले अर्डर लिएको छैन,’ मूर्ति बनाइरहेकै बेला उनले भने, ‘अर्डर लिएर बनाउन नसके राम्रो हुन्न भनेर लिइन।’
उनले एउटा सेट दुर्गा मूर्ति बनाएको १५ हजारदेखि २५ हजार रुपैयाँ लिन्छन्। माटो र परालले उनले विभिन्न थरिका मूर्तिको आकार निकाल्छन्। कलात्मक तरिकारले मूर्तिमा रङ्ग भरेर दुरुस्त बनाउँछन्। मूर्ति बनाउन थालेको ७ वर्ष भइसकेको उनले बताए। मूर्तिको साइज हेरेर रकम लिने गरेको उनले बताए। ‘साइज र सेट अनुसार मूर्तिको मूल्य फरक हुन्छ, ग्राहकले जस्तो अर्डर दिन्छन् त्यहि साइजको बनाई दिन्छौँ,’-मूर्तिकारले भने

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्