पाकिस्तानी सेना प्रमुखको हातमा मोदीको टाउको
Advertise Here Book Now

एजेन्सी- कश्मिरको उरीमा आक्रमण हुँदा १८ जना भारतीय सैनिक मारिएपछि भारत र पाकिस्तानबीच युद्धको अवस्थामा पुगेका छन् । भारत र पाकिस्तानबीचको वाकयुद्ध संयुक्त राष्ट्रसंघको महासभामा पनि पुगेको छ ।

दुबै देश एकले अर्कालाई गाली गर्दै दोषारोपण गरेका छन् । यस्तो अवस्थामा मंगवार पाकिस्तानी राजधानी इस्लामाबादमा भारतविरुद्ध वृहत् प्रदर्शन भयो ।

उक्त प्रदर्शनमा भारतविरुद्ध चर्का नाराबाजी पनि भए । जुलुसमा सहभागीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको काटिएको टाउको पाकिस्तानी सेना प्रमुख राहिल शरिफले हातमा लिएको तस्बिरसहितको पोस्टर पनि बोकेका थिए ।

एउटा हातमा राहिल शरिफले भारतीय प्रधानमन्त्री मोदीको काटिएको टाउको बोकेको देखाइएको छ भने अर्को हातमा रगत लत्पतिएको तरबार पनि देखाइएको छ।

उक्त पोष्टरको तस्बिरसहितको प्रदर्शनपछि पाकिस्तानी मिडियामा यसबारे समाचार नै बनाए । उक्त तस्बिरसहितको प्रदर्शनलाई लिएर भारतीय सञ्‍चारमाध्यममा पनि ठूलो चर्चा भएको छ ।

पाकिस्तानी पत्रिका ‘द नेशन’का अनुसार कश्मिरमा युवा बुरहान वानी मारिएपछि भएको हिंसाको विरोधमा भारतविरुद्ध प्रदर्शन गरिएको हो।

गत जुलाइ ८ मा भारतीय सेनाले आतंकबादी संगठन हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहानी वानीलाई इन्काउन्टर गरेको थियो । त्यसपछि कश्मिरमा भएको हिंसामा कम्तिमा पनि ८० जना मारिइसकेका छन् ।

यसअघि पाकिस्तानी सेना प्रमुख जनरल राहिल शर्रीफले भारतलाई चेवानीको भाषामा युद्धको धम्की नदिन भनेका थिए । उनले भारतबाट युद्ध थालिएमा उसले ठूलो क्षति व्यहोर्ने चेतावनी दिएका थिए।

पाकिस्तानमाथि अल्पकालीन या दीर्घकालीन युद्ध थोपर्न खोजिए भारतले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी उनले दिएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्