नेपाल टेलिकमको भारी छुटः निःशुल्क भ्वाइस र डाटा !
Advertise Here Book Now

असोज १३ गते नेपाल टेलिकमले दशैं, तिहार तथा छठ पर्वका अवसरमा विभिन्न सेवाहरुमा छुटको घोषणा गरेको छ । टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क १ रूपैयाँ भएकोमा असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट दिने भएको छ । यस्तै, जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई पनि आकर्षक डाटा अफर प्रदान गरिने भएको छ । आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १०० एमबीको डाटा ५० रूपैयाँमा र २५० एमबीको डाटा १ सय रूपैयाँमा उपलब्ध गराइने टेलिकमले जनाएको छ । १०० एमबी डाटाको अवधि ५ दिनसम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहनेछ । १ सय एमबी डाटा प्रयोगकर्ताले १० मिनेट भ्वाइस कल तथा १० वटा एसएमएस र २ सय ५० एमबी लिनेले २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस निःशुल्क पाउनेछन् । यस्तै, नाइट अफरमा राती १० बजे देखि बिहान ६ बजेसम्म ४० रूपैयाँमा ५०० एमबी ७ दिनका लागि र ८५ रूपैयाँमा १२०० एमबी डाटा १५ दिनका लागि प्रदान गरिनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिनासम्म उपलब्ध गराइने छ । यो सुविधा जिएसएम तथा सिडिएमए दुवै नेटवर्कमा लागू हुनेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्