धादिङ दुर्घटनाः १३ घाइतेको काठमाडौंमा उपचार हुँदै, मृतकको संख्या १९ पुग्यो
Advertise Here Book Now

असोज ११, २०७३ काठमाडौं : धादिङको मार्पाकमा भएको बस दुर्घटनामा घाइते भएका १३ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ। घाइतेहरुलाई दुर्घटनास्थलबाट दुईवटा होलिकप्टरमा काठमाडौं ल्याएको हो। उपचार भैरहेका ३ जनाबाहेक अरुको नाम खुलेको छ।शिक्षण अस्पतालमा उपचार भैरहेका घाइतेको नामावली मिलन तामाङ २७ नुमु लामा ४२ बिक्की थापा २२ धनबहादुर लामा ५० प्रेम विक ३५ ईश्वर सुवेदी मनिङ तामाङ टेकुमाया घले मतेन तामाङ चेले तामाङ १८ को मृत्यु धादिङको मार्पाकमा बिहान ११ बजे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। १८ जनाको घटनास्थलमा र एकजनाको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। धनकुमारी सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। मृतक १४ जना पुरुष ५ जना महिला छन्। धादिङका प्रहरी सहायक निरीक्षक नारायण श्रेष्ठका अनुसार एयर डाइनेस्टीबाट ६ जनालाई र नेपाली सेनाको हेलिकप्टरबाट ७ जनालाई काठमाडौं ल्याइएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्