मनोसामाजिक मनोविमर्श सम्बन्धी तालिम सम्पन्न
Advertise Here Book Now
लहान । हरुवा चरुवा र आधुनिक दासतामा परेका महिलाहरुलाई मुक्ति हाम्रो प्रतिवद्धता नाराका साथ मुक्ति नेपाल लहानले फ्रिडम फण्डको सहयोगमा आयोजना गरेको मनोसमाजिक मनो विमर्स सम्बन्धी सात दिने तालिम शुक्रवार सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै सहभागी जिवछी यादवले, ‘पिडित व्यक्तिसँग कसरी सम्बन्ध सुधार गर्ने तथा बन्द प्रश्न गर्ने लगायतको कुरा सिकेको बताईन्’ । प्रभावित व्यक्तिसँग कसरी कुरा गर्ने र घटना उठाउने वारे यस तालिममा सिकाएको मुक्ति नेपालकी सचिव तथा महिला अधिकारकर्मी देवकुमारी महराले सुनाईन् ।
सहभागीहरुको मनोसमाजिक समस्या वारे अवधारणागत रुपमा स्पष्ट भई मनोसामाजिक समस्याका आधारभुत लक्ष्णहरुको पहिचान गर्न सक्ने क्षमता विकास, मनोसमाजिक समस्या भएका व्यक्तिहरुलाई भावनात्मक सहयोग प्रदान गर्ने सीप विकास तथा मनोसामाजिक समस्या, मनोविमर्श लगायतका विषयहरुमा सचेतीकरण कार्यक्रमहरु संचालन गर्ने क्षमता अभिवृद्धि हुने आयोजककी रेणु कर्णले सुनाईन् । प्रशिक्षकको रुपमा तालिममा महेन्द्र महतोसहित दुई जना रहेको थियो । ८ गते देखि तालिम संचालन भएका थिए ।