आगन्तुक विद्यार्थीलाई स्वागत
Advertise Here Book Now

एसके कामति
सिरहा, असोज १४ गते/सदरमुकाम सिरहामा रहेको चन्द्र उच्च माध्यमिक विद्यालयमा उच्च शिक्षा हासिल गर्न अध्ययनरत विद्यार्थीहरुले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
प्रवेशिका परीक्षा उत्तिर्ण गरी उच्च शिक्षा आर्जन गर्न कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रम गरी स्वागत गरिएको प्रार्चाय मधुसुदन कर्णले बताए । कक्षा १२ का विद्यार्थीले आयोजना गरेको ‘नव आगन्तुक विद्यार्थीहरुको सम्मानमा आयोजित स्वागत कार्यक्रम’ मा नव आगन्तक कक्षा ११ का विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुलाई कलम र निधारमा टिका लगाईउँदै स्वागत गरिएको हो ।
उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुति समेत गरेका थिए ।
उत्कृष्टलाई पुरस्कार 
यसैवीच प्रवेशिका (एसएलसी)मा उच्च अंक ल्याएर कक्षा ११ मा अध्ययनरत तीन जना विद्यार्थीहरुलाई ट्रफी र मेडलले पुरस्कृत गरिएको छ । छात्रा तर्फ ३.७ अर्थात ए प्लस अंक ल्याएका पल्लवी यादव र तर्फ ३.३ अर्थात ए अंक प्राप्त गरेका छात्राद्वय मनोज मण्डल र नविन कुसियैतलाई पुरस्कृत गरिएको छ । यस्तै वादविवाद, हाजरी जवाफ प्रतियोगितामा विजेता भएकालाई पनि पुरस्कार प्रदान गरेको उच्च माध्यमिक विद्यालयका शिक्षक राजिप यादवले बताए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्