रोकिएन विद्यार्थीको प्रयोग, अस्थाई शिक्षकहरुले आफ्नो मांग पुरा गराउन विद्यालय नै बन्द गराए
Advertise Here Book Now

रंजन भण्डारी
जलेश्वर,असोज १३ गते ।
समय समयमा आफ्नो स्वार्थ सिद्धीको लागि विद्यार्थीको प्रयोग भैरहेको हामीले देखेकै छौ । विद्यालय शान्ति क्षेत्र घोषणा गर्नु पर्ने आवाज उठिरहेको वेला पुनः महोत्तरीमा शिक्षकहरुले आफ्ना मांग पुरा गराउन विद्यार्थीको प्रयोग गरेका छन । राजनितिक दल,शिक्षक,नागरिक समाज,तथा विद्यार्थी संघ संस्थाहरुले विद्यार्थीलाई स्वार्थ पुर्तीको माध्यम नबनाई उनीहरुलाई स्वतन्त्र रुपमा शिक्षा आर्जन गर्न दिनु पर्ने कुरा भाषणमै मात्र देखिएको छ । अस्थाई शिक्षकहरुले रोजाई फारम भराई उनीहरुको हक र अधिकार कुण्ठित पार्न प्रयास गरेको भन्दै विगत केहि दिन देखि आन्दोलन गर्दै आईरहेकोमा असोज १३ र १४ गते स्थानिय सवै सामुदायिक विद्यालय बन्द गराएका छन । जस अनुरुप महोत्तरीका सवै सामुदायिक विद्यालय आज बन्द रहेको छ । असोज ११ गते नेपाल शिक्षक संघ महोत्तरीका अध्यक्ष शुशील यादवको अध्यक्षतामा वसेको अस्थाई शिक्षकहरुको भेलाले विद्यालय बन्द गराउने निर्णय गरेका थिए । अस्थाई शिक्षकहरुले उपलब्ध गराएको वैठकको माईनेटको फोटोकोपीमा शिक्षा ऐन विपरित अस्थाई शिक्षकहरुलाई शिक्षा विभागले रोजाई फारा मभर्न भने दिएको निर्देन प्रति गम्भिर ध्यानाकर्षन भएको र शिक्षकहरुलाई सो फारम नभर्न अनुरोध समेत सो माईनेटिंगमा गरिएको छ ।
मांग पुरा गराउन विद्यार्थीको प्रयोग गरि उनीहरुलाई शिक्षाबाट बन्चित राखि उनीहरुको पढ्न पाउने अधिकारको हनन भएको भन्दै मानव अधिकार रक्षक संजाल,नेपाल विद्यार्थी संघ समेतको ध्यानाकर्षण भएको र दुवैले प्रेस विज्ञप्ती निकाल्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । यता नागरिक समाज,बुद्धिजिवी र अभिभावकहरुले समेत शिक्षकहरुले आफ्ना हितको लागि विद्यार्थीको पढाई नै बाधिक गर्नु कदापी सहि नभएको बताएका छन । अस्थाई शिक्षकहरुले विगतमा शिक्षक फ्रन्टहरुको कार्यालयमा तालाबन्दी,र्याली,फारम जलाएर विरोध,जिल्ला शिक्षा कार्यालयमा काम रोक आन्दोलन र अहिले समेत शिक्षा कार्यालयको गेटमा धर्ना कार्यक्रम यथावत राखेका छन ।
यता निमित शिक्षा अधिकारी गणेश महत्तोले समेत उनीहरुको मांग सम्बोधन गर्ने सम्बन्धित निकाय हुदा हुदै विद्यालय नै बन्द गराई विद्यार्थीको भविष्यसंग खेलवाड गर्नु गलत भएको बताएका छन । साथै हामीले स्रोत व्यक्तिहरुलाई प्रतिवेदन बुझाउन समेत निर्देशन गरिसकेको उहाले बताएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्