हात हतियार खर खजाना मुद्दाका फरार अभियुक्त पक्राउ
Advertise Here Book Now

फिरोज शेख . लहान असोज १३ -
आज ईलाका प्रहरी कार्यलय लहान बाट खटिएको प्रहरी टोलीले हात हतियार खर खजाना मुद्दाका फरार अभियुक्त पक्राउ लाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा शिबु भन्ने शिव कुमार मण्डल रहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी राज कुमार केसीले जानकारी दिनुभएको छ । हात हतियार खर खजाना मुद्दामा जिल्ला अदालत सिरहाको मिति २०७२ चैत्र ३ गतेको फैसलाले २ बर्ष ७ महिना ८ दिन कैद र रु. १,००,०००/- ( एक लाख ) जरीवाना तोकिएको थियो। हालसम्म फरार रहेका जिल्ला सिरहा धनगढीमाई न.पा. वडा नं. १२ बस्ने बर्ष ४२ को शिबु भन्ने शिव कुमार मण्डललाई आज आफ्नै घर बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सिरहा जिल्ला अदालत पेश गरि कैद भुक्तानको लागि सिरहा कारागार पठाइएको छ। पक्राउ परेका मण्डल हात हतियार खर खजाना मुद्दाको अनुसन्धानको सिलसिलामा सिरहा कारागारमा पुर्पक्षमा रहेको बेला मिति २०६५/०६/२८ गते कारागारबाट फरार समेत रहेको डिएसपी राज कुमार केसीले जानकारी दिएकाछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्