विजयादशमीको पहिलो दिन आज शक्तिपिठहरुमा घटस्थापना गरियो, मिर्चैयमा विशाल कलश यात्रा
Advertise Here Book Now
दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्र भरी विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गरिन्छ । बिजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादसैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैँ घर, कोत र शक्तिपीठमा बलि सहित विशेष पूजा गर्ने गर्दछन् । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । दसैँ पर्वलाई असत्य माथि सत्य र आसुरी शक्ति माथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मानिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । बडादर्शैको अबसरमा सिरहाका मिर्चैयाको साथै घुर्मी, माडर, भलुवाही, विष्णुपुर, गोलबजार, लहान, वस्तिपुर, बन्दिपुर, कर्जन्हा, कल्याणपुर लगायतका स्थानहरुमा भब्य मेलाको आयोजना गरिएको छ ।
विशाल कलश यात्रा
बिजयादशमीको पहिलो दिन आज घटस्थापनाको अबसरमा सिरहामा बिशाल कलश यात्रा निकालिएको छ । मिर्चैयामा रहेको दुर्गा मन्दिरको प्रांगणबाट हजारौको संख्यामा बाजागाजा सहित निस्किएको भब्य कलश यात्रा नगरको बिभिन्न भागको परिक्रमा गदै स्थानिय बतहा खोलामा कलशमा जल भरी मन्दिरमा स्थापित गरिएको मेला समितिले जनाएको छ । त्यस्तै, मिर्चैया १० घुर्मी पिप्रामा रहेको दुर्गा मन्दिरबाट निस्किएको कलश यात्रा नगरका बिभन्न भागको परिक्रमा गर्दै स्थानिय कमल दहमा गई कलशमा जल भरी मन्दिरमा स्थापित गरिएको मेला समितिका अध्यक्ष जितेन्द्र कुमार महतोले जानकारी दिए । यता, दुर्गा मेलाको अबसरमा बिभिन्न शक्तिपिठहरुमा आजैदेखि सांस्कृतिक कार्यक्रमहरु सुरु भएको छ । विभिन्न स्थानहरुमा मेला समितिले मनोरंजनका लागि मिथिलाको संस्कृति झल्किने विभिन्न नाचहरुको आयोजना गरिएको बताईएको छ । । प्रत्येक वर्ष झै यस बर्ष पनि शक्तिपिठहरुलाई नवकनियाँ जस्तै सजाईएको छ भने मठमन्दिरहरुलाई रंग रोगन गरिएको छ । बिजयादशमीको सुरुबात संगै सिरहाका मिर्चैया सहितका स्थाहरुमा श्रद्धालु भक्तजनहरुको चहलपहल वढेको छ भने यातायातका साधनहरु सडकमा अत्याधिक संख्यामा आबथजाबत गरिरहेको देखिएका छन् ।
सुरक्षा व्यवस्था चुस्त
आज देखि सुरु भएको बिजयादशमीको मध्यनजर गर्दै सिरहा प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाईएको छ । दशैंको समयमा हुन सक्ने सम्भाबित घटनालाई मध्यनजर गरी बिशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिए । सम्भावित घटनाको ध्यानमा राखदै जिल्लाका बिभिन्न स्थानको साथै जिल्ला भित्रिने नाकाहरुमा कडाई गरिएको उनले बताए । नागरिक र प्रहरीविचको सम्बन्धमा सुमधुरता ल्याउने उदेश्यले गाउँ गाउँमा पैदल तथा मोवाईल गस्तीको बिशेष सुरक्षा व्यवस्था मिलाइएको एसपी ज्ञवालीले दाबी गरे । यता, जिल्लाका विभिन्न ट्राफिक पोष्टको अगाडी सवारी साधन र यात्रुहरुको सुबिधाको लागि यात्रु सहायता कक्ष पनि संचालन गरिएको छ ।