रेडियो सौगातको बार्षिकोत्सवमा १५ श्रष्टाहरु सम्मानित
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १६ असोज । सिरहाको लहान स्थित रहेको मधेश मिडिया मिशन नेपालद्धारा संचालित सामुदायिक रेडियो सौगातले एफएमले छैठौं बार्षिकोत्सव धुमधामका साथ मनाइएका छन् । प्रेस काउन्सीलका सदस्य चन्द्रदेव कामतीका प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका सभाध्यक्षता दिनेश्वर गुप्ताले गर्नुभएका थिए । बार्षिकोत्सवको अवसरमा रेडियो सौगातले विभिन्न विद्यामा योगदान पुरयाउंने १५ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरु मो. रेहान राजा, दिनेश दास, अशोक ठाकुर, जावेद अलि, महमुद आलम, सत्यनारायण पंजियार, भारती गुप्ता, ज्योती विक, सृजना गजमेर, सोनु मिश्रा, फिरोज सेख, जीवछ यादव उदासी ,डा.बिजेन्द्र यादब , अर्जुन प्रसाद गुप्ता, उमेश साहलगायत श्रष्टाहरुलाई सम्मान गरेका छन् । कार्यक्रममा रेडियोले सानो समयमा ठुलो फड्को मारेको र सोहि कारणले स्थानीय स्तरमा लोकप्रियता कायम गरेको कार्यक्रमका वक्ताहरु रामबहादुर महतो, रोहीत महतो, गणेश साह, डा.विजेन्द्र यादव, रामभरोसी महतो, फिरोज सेख, रोयान्टर मण्डल, सुनिल साह, रेणु कर्णलगायतले शुभकामना दिएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्