छठसम्म संविधान संशोधन प्रस्ताब नआए भिषण आन्दोलन ः सांसद महतो
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १२ कार्तिक । संघीय समाजवादी फोरम नेपालका सांसद डा. बिरेन्द्र महतोले छठसम्म संविधान संशोधनको प्रस्ताब नआए भिषण आन्दोलन गर्ने चेतावनी दिएका छन् । मिर्चैया ९ शान्तिबाटिका ढोढना स्थित फोरम नेपाल जिल्ला कार्य समिति सिरहाले दशै, मुहर्म, तिहार र छठ पर्बको अबसरमा विहिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य समेत रहेका सांसद महतोले तीन बुँदे सहमति अनुसार सरकारले मुद्दा सम्बोधन हुने गरी संशोधन विधेयक नल्याए आन्दोलनमा जान बाध्य हुने धम्की दिएका हुन् । संविधान संशोधन प्रस्ताब आएन भने मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित र महिला लगायत उत्पीडनमा परेकाहरु ठूलो विद्रोह गर्ने अवस्थामा रहेकोले सत्तारुढ दललाई समयमै सचेत हुन सांसद महतोले आग्रह समेत गरे । सांसद महतोले आन्दोलनका लागि सबै दललाई एकजुट हुन आग्रह पनि गरे । फोरम नेपाल सिरहा क्षेत्र नं. ५ का क्षेत्रिय अध्यक्ष अजय कुमार यादबको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा फोरम नेपालका केन्दिय्र सदस्य राजलाल यादब, शत्रुधन प्रसाद सिंह, सत्य नारायण यादब, जिल्ला अध्यक्ष किशोरी यादब र जिल्ला सदस्य राम दयाल यादब लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा फोरम नेपालका जिल्ला तथा स्थानिय स्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्