भूमिहीनहरुलाई गगनचुम्मी महलको विरुद्धमा अभियान थाल्न जोड
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १३ कात्तिक । जमिन्दारले खेती गरेका छैन जग्गा बांझो नै रहेको एसियाली किसान संघ तथा राष्ट्रिय भूमि अधिकार मंचका अध्यक्ष ल्यामबहादुर दर्जीले दावी गर्नुभयो । आज मोही प्रशिक्षण भेला एवं अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दर्जीले २०७१ सम्म १२ वटा सुकुम्वासी आयोग गठन भयो तर भूमीहीनहरुको समस्या यथावत नै रहेको भन्दै आज पनि २५ प्रतिशत जग्गा बांझो नै रहेको छ उहां दर्जीले बताउंनुभयो । दर्जले नेपाल सरकारले भूमीहीनहरुको लागि परिचयपत्र बनाउंन ७ करोड बजेट छुट्याएको छ , तर अहिलेसम्म सिरहा सप्तरीलगायत अधिकांश जिल्लामा केही उपलब्धी नरहेको उहांले बताउंनुभयो । दूई चार कठ्ठाको मोहीले जीवन नचल्ने भएकोले गगनचुम्मी महल बनाएका जमिन्दारहरुको विरुद्ध आवाज उठाउंनुपर्ने नेकपा माओवादीका केन्द्रीय सदस्य अविरमान थापाले बताउंनुभयो । आज मोही प्रशिक्षण भेला एवं अन्तरक्रिया कार्यक्रममा थापाले भूमिहीनहरुको युगोदेखिको पसिना शोषण गरेर करोडौ अरबौंको महल बनाएको विरुद्ध अभियान चलाउंनुपर्छ । भूमीहीनहरु मोहीको कागत लिएर हक नपाउंने माओवादी थापाले जीविका चलाउंन भूमिमा सबैको समान अधिकार हुनुपर्ने बताउंनुभयो । यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य रामरती रामले श्रमिक किसानहरुले राम्ररी खान ल्याउंन नपाएकोले वृहत्त संजाल बनाएर भूमिहीनहरु अगाडि बढ्नुपर्ने बताउंनुभयो । यसैगरी, कार्यक्रममा सद्भावना पार्टी केन्द्रीय सल्लाहकार विन्दु साह, फोरम प्रतिनिधिलगायतले मन्तव्य राख्नु भएका थिए । सिरहामा ८ हजार ६ मोही रहेको छ भने १३ हजार भूमिहीन रहेका छन् । देशभरीमा १४ लाख भूमिहीन रहेको सो कार्यक्रममा सार्वजनिक गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्