मौवाहामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १२ कार्तिक । सप्तरीको पश्चिमी दक्षिण क्षेत्रमा रहेका मौवाहामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बिद्यार्थीहरुको स्तर बृद्धि गर्ने उदेश्यसे बिहिबार मौवाहामा आयोजना गरिएको विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा राजेश्वरी नि.मा.वि. मौवाहा प्रथम, माँ शेरावाली बोर्डिङ स्कूल चन्ही, मलहनिया दोस्रो र माँ अम्बे बोर्डिङ स्कूल मौवाहा तेस्रो स्थान हासिल गरेका छन् । चैती दुर्गा युवा क्लब मौवाहाको आयोजनामा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितिय र तृतियलाई अबिर, माला, सहित प्रमाणपत्र, शील्ड तथा आकर्षक पुरस्कारले पुरस्कृत गरिएको थियो भने प्रतियोगितामा सहभागि १८ जना बिद्यार्थीहरुलाई हौसला बढाउनका लागि सान्तवना पुरस्कार सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । स्थानीय युवाहरुको सहयोगमा आयोजना गरिएको कार्यक्रमलाई निरन्तरता दिने आयोजकले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्