झिझिया नाचभित्र गालीगलौज हटाउन जोड़
Advertise Here Book Now

सिरहा, २२ असोज । पूर्वी मधेशमा झिझिया नाच विशेष रुपमा मनाउंने गरेको छ । यस पौराणिक नाचमा समाजलाई नपच्ने किसिमको गालीगलौजले विकृति बढाउंन थालेको छ । यस्ता विकृति ( तोरा बेटाके खेबौं ) जस्ता गीतमा संशोधन गर्नुपर्ने र यसलाई आधुनिकतर्फ लैजानुपर्ने आजको माग रहेको मानव अधिकारकर्मी राजकुमार राउत बताउंछन् । सोहीक्रममा मधेशको मिथिलाको प्रचलित लोक नाच भिझियाको संरक्षण, सम्वद्ध तथा प्रवद्धनमा सहयोग पुर्याउने उदेश्यका साथ विहीबार साँझ सिरहामा आयोजित झिझिया फेस्टिबल २०१६ सम्पन भएको छ । कार्यक्रममा विभिन्न भिझियाँ नाच प्रदर्शन गरी सो फेस्टिबल मनाइएको हो । झिझिया फेस्टिबल २०१६ को मुख्य आयोजक समितिले सिरहाको चउमावी को प्रांगनमा आयोजना गरिएको सो फेस्टिबलको प्रमुख अतिथिको रुपमा रहेका सांसद बिरेन्द्र महतो ढोल बजाएर झिझिया फेस्टिवल उदघाटन गरेका थिए । उद्घाटन पछि महतोले झिझिया लोक सास्कृतिसंग गासिएकोले यसको संरक्षणका लागी सम्बिधानमै उलेख गर्नुपर्ने । संबिधानमा उलेख नभएसम्म हामी चुप लागेर बस्न सक्दैनौ भनी प्रमुख अतिथि सांसद महतोले बताए । वुशिस्ट अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धर र प्रहरी प्रमुख श्याम लाल ज्ञावली अतिथिहरू पत्रकार महासंघ सिरहा शाखाका सभापति देव कुमार यादव एमालेका जिल्ला अध्यक्ष प्रमोद यादव लगायत अन्य पार्टीका प्रतिनिधिहरु सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष नबीन यादव लगायत हजारौ दर्शकको उपस्थिति रहेको आयोजकले बताएका छन । फेस्टिवलमा झिझिया नृत्य निर्णायक समितिमा पत्रकार महासंघका सभापति देब कुमार यादव,धीरेन्द्र प्रियमर्शी लगायतका ४ सदस्य रहेका थिए । सो फेस्टिवलमा झिझिया नाचमा पहिलो हुने सनेचरी देवी कामतलाई उपहार स्वरुप १५ हजार दिस्रो हुने सनेचरी दासलाई १० हजार तेस्रो हुने कारी देवीलाइ ७ हजार ५ सय चौथो हुने समुन्द्री देवी पासमानलाई ५ हजार लगायत ७ जनालाई पुरस्कृत गरेको आयोजले जनाएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्