ब्लुबुक लिएपछि ट्राफिक प्रहरीलाई मासु—रक्सी
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १३ कात्तिक । सिरहाको धनगढीमाई नगरपालिकामा ट्राफिक प्रहरीले अनाहकमा सवारी चालकलाई दुःख दिने गरेको खुलासा भएको छ । धनगढी प्रहरीसंग आबद्ध रहेका प्रसनी सचेन्द्र यादवले केही समयदेखि मोटरसाईकल चालक तथा अन्य सवारी चालकका ब्लुबुक लिएर सांझमा भेट्न आदेश दिने गरेको छ । यो एउटा घटना कात्तिक ८ गते हो । धनगढी ३ निवासी सुर्यदेव महतोको लक्ष्मी सुपरट्राभल्स धनगढीदेखि अम्बास चल्ने बसको ब्लुबुक लिएर २५ सय रुपैयां माग गरियो । सो रकम प्रसनी सचेन्द्र यादवले धनगढीको महेश होटलमा सांझतीर लिएर आउंन भनियो । ब्लुबुक खोसेपछि सुर्यदेव महतो त्यस होटलमा पुग्ने नै भयो । होटलमा प्रसनी यादवलगायत तीन चार जनाले मासु रक्सीे खादैं जांदा २५ सयको ठाउंमा ३५ सयको विल बनियो । एक हजार बढीको विल भएपछि सुर्यदेव महतोले भने ‘म संग २५ सय मात्र छ । बांकी रकम तपाई आफै तिर्नुस् ।’ यतिकैमा प्रहरी र महतोबीच विवाद भयो । विवादकै क्रममा एक जनाले जिल्ला प्रहरी कार्यालय सिरहामा फोन हानियो । यता, लहानबाट डिएसपीसहितको टोली धनगढी पुग्दा प्रसनी सचेन्द्र यादव रातीभरी फरार रहे । प्रसनी सचेन्द्र यादव रक्सी खाएकोले मापसे चेकिंगको कारण हाजिरी भएन् । त्यसको भोलीपल्ट कात्तिक ९ गते जिल्ला ट्राफिक कार्यालय लहानले प्रसनी यादवलाई २४ घण्टे स्पस्टिकरणको माग गरेको छ । यसबारे प्रहरी निरिक्षक आमोदकुमार खेरबारले भने ‘कारवाहीको प्रक्रिया जारी छ । तर, डिएसपी राजकुमार केसी स्वंम त्यस केसमा गएकोले म केही भन्न सक्दिन् ।’ धनगढी क्षेत्रमा प्रसनी यादवको यो एउटा उदाहरण मात्र हो । यस्ता कैयन सवारी चालक उनीसंग पीडित छन् । चेकजांचको नाममा यस्ता घुसखोरी गरी दिउंसै रक्सी खाने ट्राफिक प्रहरीलाई कस्तो कारवाही हुने हो सम्बन्धित निकायलाई नै थाहा हुनुपर्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्