प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन आईजिपी अर्यालको निर्देशन
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १३ कार्तिक । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका हुन । शुक्रबार जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित भवनको शिल्यान्यास गर्दै प्रहरी महानिरीक्षक अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिए । प्रहरी महानिरीक्षक अर्यालयले जिल्ला प्रहरी कार्यालय सिरहाको भवन भव्य र आधुनिक बन्ने समेत बताए । डिएफआइडीको सहयोगमा यएनओपीएसले जिल्ला प्रहरी कार्यालय सिरहाको कार्यालय तथा आवास गृहको निर्माण गर्न लागेको हो । कार्यक्रममा सभासदहरु, न्यायाधीशहरु, सिरहाका प्रमुख जिल्ला अधिकारी, पूर्व मन्त्री, पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशानलयका प्रहरी नायव महानिरिक्षक तथा जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय बुद्धिजीवी, समाजसेवी, नागरिक, पत्रकारहरु तथा उधोगी व्यापारीहरुको उपस्थित रहेको थियो । साथै उक्त अवसरमा शुभ दिवावली र छठ पर्वको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्