भुतही बलान घाटमा भव्य मास महाकुम्भ मेला
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १३ कार्तिक । सप्तरीको दुधैला स्थित भुतही बलान घाटमा मास कुम्भ महायज्ञको भव्य आयोजना गरिएको छ । सप्तरीको मौवाहा गाविसमा पर्ने भुतही बलान दुधैला घाटमा कार्तिक एक गतेदेखि सुरु भएको श्री श्री १०८ श्री मास कुम्भ महायज्ञ भर्नका लागि नेपालको बिभिन्न स्थानको साथै भारतीय दर्शनार्थीहरु आउने गरेको आयोजकले बताए । मास महायज्ञ रहेकोले कार्तिक मास नुहाउनेहरु दिनमा मेला हेरी राती बास बसी एका बिहानै बलान नदिमा नुहाई बिहान भइरहेको मास परायणमा सहभागि हुने गरेको आयोजकको भनाई रहेको छ । श्री श्री १०८ मास कुम्भ महायज्ञमा मास परायणको साथै प्रत्येक दिन संगितमय प्रवचन त्यस्तै मनोरंजनको लागि रामलिला, बैल दौड् र कुस्ति लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ । उक्त कार्यक्रमहरुका लागि नेपालको बिभिन्न स्थानको साथै भारतीय कालाकारहरु महायज्ञमा सहभागि भएका छन् भने भारत विहार र नेपालको मधेश क्षेत्रका जिल्लाका सांस्कृति झल्किने कार्यक्रम समेत भइरहेको बताईएको छ । सिरहा सप्तरीको बीच भागमा पर्ने भुतही बलान दुधैला घाटमा टप्पु जस्तै सैयौं विघामा फैलिएको क्षेत्रमा यज्ञको आयोजना गरिएको छ । बलमन्त बाबाको अगुवाईमा जारी रहेको कुम्भ महायज्ञ कार्तिक मसान्त भरी चल्ने छ ।Displaying 14556615_339261993102649_8171288648983255417_o.jpg
Displaying 14858529_1090527587733545_959675817_o (1).jpg
Displaying 14875903_1090525177733786_877471663_o.jpg
Displaying 14881487_1090527291066908_367217469_o.jpg

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्