स्वस्थ र क्षमतावान जनशक्तिको लागि खेलकुदलाई प्राथमिकता दिनुपर्छ ः सांसद यादव
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, २२ असोज । म खेलकुदबाट राजनीतिकमा आएको हुं, खेलाडीप्रति मलाई औंधी माया छ सांसद रामचन्द्र यादवले बताउंनुभयो । खेल जगतलाई आगाडि बढाउंने प्रतिबद्धता गर्दै सिरहा क्षेत्र नम्बर ४ का सांसद रामचन्द्र यादवले आज धनगढीमाई नगरपालिकामा देवकुमार मगर स्मृति फुटवल प्रतियोगितामा विजय खेलाडीलाई पुरस्कार वितरण गर्दै सो कुरा उहांले बताउंनुभयो । सांसद यादवले स्वस्थ जनशक्ति र क्षमतावान युवा बनाउंनको निम्ति खेलकुदलाई नै प्राथमिकताका साथ अगाडि बढाउंनुपर्ने आवश्यकता रहेको बताउंनुभयो ।आज देशका स्वस्थ जनशक्तिको अभावले उत्पादनमा कमि आएको छ । हामी आयात गरेर मालसमान उपयोग गरिरहेका छौं , जब आफ्नै उत्पादन गर्न सक्ने क्षमतामा जोड दिंदै सांसद यादवले स्वस्थ जनशक्तिलाई वैदेशिक रोजगार जतिको तलब स्वदेशमै दिएर आधुनिक नेपाल बनाउंनुपर्ने बताउंनुभयो । देवकुमार स्मृति फुटवल प्रतियोगिता असोज १४ गतेदेखि शुरु भएर २१ गते सांसद यादवका प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो प्रतियोगितामा ८ टिम सहभागी भएका थिए । जसमा गोलबजार प्रथम विजेता भएका छन् भने बर्दिवास २ गोल गरेर दोस्रो विजेता भएका थिए । गोलबजारले बर्दिवास विरुद्ध ४ गोल गरेर प्रथम विजेताको रुपमा अगाडि बढेका छन् । आज भएको फाइनल खेलमा म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो फुटवल प्रतियोगितामा बानो, वागमती, बेलटार, कटारी, बिरेन्द्र बजार र आयोजक टिम जिरोमाईल समेत सहभागी भएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्