सर्वसाधारणलाई आजबाट नयाँ नोट
Advertise Here Book Now

काठमाडौं,  १६ असोज । केन्द्रीय बैंकले सर्वसाधारणका लागि आइतबार (आज) बाट नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको छ ।
जेष्ठ नागरिक, अपांग, अशक्तका लागि एउटा छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । यसैगरी, तोक आदेश लिएर नयाँ नोट साँट्न आउनेलाई पनि छुट्टै काउन्टर राखिएको छ ।
सर्वसाधरणका लागि ६ वटा काउन्टरको व्यवस्था गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए ।
विभागले लाइन कसेका सर्वसाधरणलाई कुपन वितरण गर्ने र त्यसै कुपनको आधारमा नयाँ नोट वितरण गर्नेछ । आजको नागरिक दैनिकमा खबर छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्