अख्तियारले लडाकु शिविर र मनमोहनको हिसाब माग्दैमा तर्सिनुपर्ने कारण किन ?
Advertise Here Book Now

संजीव चौधरी। ( थारु विद्यार्थी समाज उपत्यका समिति सचिब ) गरिब देश भनेर विश्वमा नाम चिनाउन सफल भएको एउटा देश नेपाल पनि पर्छ। त्यो देशको भाग्यमानी जनता म पनि पर्छु। जो जन्मिदै ऋण बोकेर जन्मे। आज ऋणको भारी तिर्न बाध्य पारेर म अर्काको देशमा पसिना चुहाइरहेको छु। यो मेरो दुर्भाग्य हो। यस्ता दुर्भाग्यपूर्ण जिन्दगी हाम्रो देशका लाखौं जनता जिउनुपरेको छ। यसको एउटै कारण हो देश चलाउने ठेकेदारहरुको गद्दारी। आज हामी बुझ्दैछौं। हामी जन्मिदै किन ऋणको भारी बोकेर जन्मेको भनेको त यही भ्रष्टाचारीहरुको भुँडी भर्नलाइ पो रहेछ। नेपाललाई कति खोक्रो बनाका रैछन भन्ने नौटंकी आज लोकमान र नेपालका नेताहरुको भ्रष्टाचारिक चरित्रमाथिको लडाइँबाट प्रष्ट हँदैछ। तैँ चुप मै चुप भएर यहाँका राष्ट्रवादी ठेकेदारहरु हाम्रो देशलाई लुटिरहेका छन्। एउटा पार्टीको नेता अनिमियतता गरिरहँदा अर्को पार्टीले मौन समर्थन दिने। तर आज अचम्म भो खै के कुरामा भागबन्डा मिलेन लुटेराहरुमा फुट आयो। जुन फुटले उनीहरुको कर्तुत जनतामाझ पर्दाफास भयो। आज देश यति अस्थिरतामा धकेलिदिएका छन् कि गरिब झन गरिब हुँदैछ भने धनी झन झन धनी हुँदै गएका छन्। यसले समानता र आत्मीयताबीचको दूरी बढाइदिएको छ। यो सबै नेपालको विभेदकारी नीति र आफूलाइ उच्च जाति ठान्नेहरुको गलत मानसिकताको उपज हो। हिजो उही तीन दल मिलेर लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाए। लोकमानलाई प्रमुख बनाउँदा के यी दलहरुलाई थाहा थिएन र? आज किन लौटंकी? आज सबैलाई थाहा भयो जनताको आँखामा छारो हाल्न मिलिजुली भ्रष्टाचार समानान्तर सरकार बनाकोमात्रै हो? मैले लोकमानको पक्ष लिएर भनेको होइन। लोकमान होस् वा जुनसुकै दलका नेता होस्। गल्ती गरेको छ भने सजाय पाउनुपर्छ। अख्तियारले लडाकु शिबिर र मनमोहन मेडिकल कलेजको हिसाब माग्दैमा तर्सिनुपर्ने कारण किन? अहिलेको कार्की प्रकरणमा मुछिएका सबैको सत्यतथ्य जनतासामु ल्याउनुपर्छ। लोकमान कारबाहीले कर्मचारीतन्त्रमा दुइटा तरंग ल्याएको छ। एउटा सकारात्मक एउटा नकारात्मक। सकारात्मक पक्ष के छ भने भ्रष्टाचार गर्नुहुन्न जागिर जान सक्छ भन्ने एकप्रकारको डर र सचेतना ल्याइदिएको छ भने नकारात्मक पक्ष डरले कर्मचारी सानो जोखिम पनि उठाउँदैनन भोलि प्रक्रियामा त्रुटि भयो भने अख्तियारले समात्छ भनेर गर्नुपर्ने काम पनि गर्दैनन जसको कारण अर्बौ चालु बजेट फ्रिज भएर जान्छ। यसले देशको विकासमा ठूलो नोक्सानी पुर्याइरहेको छ। यसको दोषी को? प्रक्रिया जटिल छ भने त्यसलाई सुधारेर अगाडि बढाउने जिम्मेवारी कुसको? जनता अब सचेत हुनुपर्छ। हामीले बगाएको रगत पसिनाको हिसाब किताब खोज्नुपर्छ। हाम्रो देश नेपालीहरुको पसिना बगाइ बगाइ कामाएको रेमिटेन्सबाट चलेको छ। जनताको करले चलेको छ। तर त्यो हाम्रो रेमिटेन्स, हाम्रो कर कहाँ दुरुपयोग हुँदैछ त्यसको खोजीनीति गरौं। सचेत नागरिकको कर्तव्य निभाउँदै भ्रष्टाचारीविरुद्ध खुलेर विरोध गरौं। देशको हित, स्थयित्व र विकासको लागि सबै सचेत नागरीक एकमत भएर लाग्नुको वकल्प छैन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्