सिरहामा यस वर्ष उत्पादनमा भारी वृद्धि हुने
Advertise Here Book Now

सिरहा,७ कार्तिक । सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । वर्षाले साथ दिएपछि समयमै रोपाई भएका कारण विगतको अनुपातमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । जिल्लाको कुल ७३ हजार ९ सय १३ खेती योग्य जग्गामध्ये यस पटक ६० हजार ७ सय ५० हेक्टर ९९० प्रतिशत० मा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जानएका छन् ।रोपाईपछि पनि भएको वर्षाले सिंचाईका लागि सुविधा हुँदा धान उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख राम लखन मंण्डलले वताए । यसपालि ३ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन हुने अनुमान गरिएको योजना अधिकृत हरिशचन्द्र पंडितको भनाई छ । उनका अनुसार यस वर्ष कुल १ लाख ८२ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । समयमा वर्षा हुँदा गत वर्षको तुलनामा यस पटक वढि क्षेत्रफलमा धान रोपाई भएको छ । जसका लागि कृषि विकास कार्यलयले समय मै विउ र किटनाशक औषाधिहरु उपलव्ध गराएको थियो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्