मिर्चैया प्रहरीद्वारा अवैध पटका बरामद
Advertise Here Book Now

राम नारायण पंडित
सिरहा,कार्तिक ११ गते । सिरहा प्रहरीले १२ हजार भन्दा बढी मोलबराबरको अबैध पटका पक्राउ गरेका छन् । मिर्चैया नगरपालिका ५ स्थित पुरानो बजार हटिया लाग्ने स्थानमा लुकीछिपी पटका बिक्री वितरण भईरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कायार्लय मिर्चैयाबाट खटिएको प्रहरीको विशेष गस्ति टोलिले करीब १२ हजार भन्दा बढी मोलबराबरको बिभिन्न किसिमका पटका बरामद गरेको हो । 
प्रहरीले नागिन पटका, सात नलिया पटका, आलु पटका, महाराजा पटका, चकलेट पटका, रकेट पटका गरी करीब १२ हजार ५ सय मोलबराबरको पटकाहरु नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्