सिरहामा हुकिङ्ग नियन्त्रण अप्रेशन तिब्र
Advertise Here Book Now

जागेशवर यादव सिरहा,कार्तिक १० गते ।देशभरि आम नागरिकले लोडसेडिङ्गको चरम मार खेपिरहेको समयमा सिरहाको लहान वितरण केन्द्र अन्तर्गत दक्षिणवर्ती क्षेत्रमा रहेका अधिकाशं गाविसमा व्यापक विधुत चुहावट भइरहेको सुचनाको आधारमा लहान विधुत प्राधिकरण लहानले विधुत चुहावट नियन्त्रण तथा अप्रेशन अभियान संचालन गरेको छ । वितरण केन्द्र लहानले चुहावट र हुकिङ्ग हुने एरियामा पटक पटक सचेत गराउदा पनि उपभोतmाले वेवास्ता गरेको भन्दै केन्द्रले अप्रेन अभियान संचालन गरेको छ । विगत महिनौ दिनदेखि नियमित विधुत चुहावट तथा हुकिङ्ग नियन्त्रण अभियान संचालन गरिएको लहान विधुत प्राधिकरण वितरण केन्द्र लहानका निमित प्रमुख त्रिभुवन कुमार यादवले जानकारी दिनुभयो । निमित प्रमुख यादवले लहान एरियाको दक्षिणवर्ती क्षेत्रका अधिकांश गाविस विधुत चुहावट तथा हुकिङ्गको टन्जिट प्वाइन्टको रुपमा रहेको वताउनुभयो । विधुत चुहावटका कारण लहान एरियामा लोडसेडिंग,टन्सफरमर जल्ने लगायतको समस्या दिनहु विधुुतमा आइरहेकोले वितरण केन्द्रले नेपाल प्रहरी सशस्त्र प्रहरी र विधुतका कर्मचारीको संयुतm अप्रेशन टोलिले दक्षिणवर्ती क्षेत्रमा निगरानी बढाएको निमित प्रमुख यादवले जानकारी दिनुभयो । कार्तिकको पहिलो हप्तामा मात्र वितरण केन्द्रको अप्रेशन टोलिले विधुत चुहावटमा संलग्न चार दर्जन भन्द बढी व्यतिm र संयौको संख्यामा विधुतीय समाग्रीहरु पक्राउ गरि विधुत ऐन २०४९ अनुसार कारवाही गरेको छ । अप्रेशन अभियानले नियमितता पाउन थालेपछि विधुत चुहावट र हुकिङ्ग न्युनिकरण भएको प्राधिकरणले जनाएको छ । यस अभियानले वितरण केन्द्रको राजश्वमा उल्लेखनीय बृद्धि भएको केन्द्रका निमित प्रमुख यादवले जानकारी दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्