सिरहामा पटका सहितका विष्फोटक पदार्थ उपर प्रहरीको निगरानी, अटेर गरे कार्वाही गर्नेः डिएसपी चौधरी
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०८ कार्तिक । दिपावली तथा छठ पर्व नजिकिदै जाँदा पटका सहितका विष्फोटक पदार्थमा सिरहा पह्ररीले निगरानी बढाएको छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष थप कडाई गरिएको प्रहरी जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया आज (सोमबार) एक सुचना जारी गरी विस्फोटक अवाज आउने कुनै प्रकारका बस्तुहरु बिक्री बितरण, ओसारपोसार तथा पड्काउने काम नर्गनका लागि अनुरोध गरेका छन् । सुचनालाई अटेर गरी पटकाजन्य बस्तुहरु ब्रिकी बितरण ओसारपोसार तथा पड्काउने कार्य गरेको पाईएमा कानुन बमोजिम कार्बाही गर्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) श्याम सिंह चौधरीले चेताबनी दिएका हुन । यो पर्ब एक आपसमा खुसि साट्ने र मनोरंजन गर्ने पर्ब रहेकोले यसलाई सौहार्दपुर्ण रुपमा मनाउन उनले आग्रह गरेका हुन । चाडपर्बको मौकामा जथाभाबी पटकाजन्य पदार्थ पड्काउने र ओसारपोसार गर्ने माथि कडा निगरानी बढाएकोले त्यस्तो पाईएमा कार्बाही गर्ने उनले बताए । यसलाई नियन्त्रणका लागि उपलब्ध जनशक्तिलाई सादापोशाक, मोबाईल गस्ति, क्वीक रिसपोन्स टीमलाई ठाउँ ठाउँमा परिचालन गरिएको डिएसपी चौधरीले दाबी गरे । यता, पटकाजन्य बिस्फोटक पदार्थलाई भित्रिन नदिन सिरहा प्रहरीले नाकाहरुमा कडाइ गरे पनि अधिकांश क्षेत्रहरुमा खुलेआम आयात भइरहेको बताईएको छ । तिहार आउन एक साता अगाबै देखि पटाकाजन्य विष्फोटक पदार्थको व्यापक प्रयोग भइरहेको भेटिएको हो । गत वर्षहरुको तुलनामा यस वर्ष थप कडाइ गरिएको प्रहरीले दाबी गरे पनि सिरहा सदरमुकामको साथै माडर र ठाढ्ी लगायतका मुख्य नाका भएर आयात भईरहेको श्रोतको दाबी रहेको छ । जसको कारणले बिस्फोटक पदार्थ सिरहाको माडर, चोर्हवा, मिर्चैया, वन्दिपुर, गोलवजार लगायतका वजारमा खुलेयाम विक्रि वितरण भइरहेको छ भने राजधानी सम्म निकासी भईरहेको बताईएको छ । दिपावली तथा छठ पर्वको समयमा पटकाजन्य विष्फोटक पदार्थ धेरै भित्रिने भएकाले नाकाहरुमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले दाबी गरेका छन् । पटकाजन्य बिस्फोटक पदार्थ सहित पक्राउ परेका एक जनालाई कार्बाही अगाडी बढाईएको उनले बताए । जिल्लामा रहेका सम्पुर्ण ईकाईहरुमा पटकाजन्य बिस्फोटमा निगरानी बढाउन समेत निर्देशन दिईएको डिएसपी कोईरालाले दाबी गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्