जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित भवन शिलान्यास
Advertise Here Book Now

१२ गते बिहान ०९.०० बजेको समयमा DFID को सहयोगमा UNOPS द्दारा निर्माण हुने जिल्ला प्रहरी कार्यालय तथा प्रहरी आवास भवन, सिरहाको शिलन्यास संगठन प्रमुख श्रदेय श्रीमान् प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल ज्यूबाट सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा माननीय साम्सदहरु, यस जिल्लाका प्रमुख जिल्ला अधिकारी, माननीय न्यायधिशहरु, पूर्व मन्त्री, पूर्व क्षेत्रीय प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि. श्री केशरी राज घिमिरे , प्र.प्र.का.अन्वेषण योजना निर्देशानलयका प्र.ना.म.नि. श्री देवेन्द्र सुवेदी, जिल्ला स्थित अन्य सुरक्षा निकाय प्रमुखहरु तथा सम्पूर्ण कार्यालय प्रमुखहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, राजनैतिक दलका पार्टी प्रतिनिधिहरु, स्थानीय बुद्धिजीवि तथा समाजसेवी नागरिकहरु, पत्रकारहरु तथा उद्दोगी व्यापारीहरु समेतको उपस्थितमा प्रमुख अतिथि श्रीमान प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालज्यूबाट सिरहाको नव निर्मित प्रहरी कार्यालय तथा आवास भवनको शिलान्यास कार्यक्रम तथा २०७३ सालको शुभ दिवावली र छैठ पर्वको शुभ-कामना समेत आदान प्रदान गरी कार्यक्रम सम्पन्न भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्