सिरहाको कटारीमा मोटर साइकलको ठक्करबाट ७ वर्षिय बालिकाको मृत्यु
Advertise Here Book Now


सिद्धिचरण राजमार्गको मिचैर्या – कटारी सडक खण्डमा पर्ने कटारी नगरपालिका– ६ बलैयामा नम्बर नखुलेको मोटरसाइकलको ठक्करले सात वर्षिय बालिकाको बुधवार साँझ मृत्यु भएको छ ।कटारी नगरपालिका– ६ का होमबहादुर दाहाल खत्रीकी ७ वर्षिय छोरी इन्दिरा दाहालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरन्जीवी कोइरालाले बताए ।
मिचैयाबाट कटारी आउँदै गरेको मोटरसाइकलको ठक्करबाट पैदल हिड्दै गरेको बालिकाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइलक र चालकको खोजी कार्य भई रहेको प्रहरीले जनाएका छन ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्