बौलाह स्यालको आतंक, स्यालको टोकाइबाट दर्जनौँ स्थानीयवासिन्दा घाइते
Advertise Here Book Now

रौटहटमा बौलाह स्यालको आतंक मच्चिएको छ । बौलाहा स्यालको टोकाइबाट त्यहाँका तीन दर्जनमभन्दा बढी स्थानीयवासिन्दा घाइते भएका छन् । घाइतेमध्ये १८ जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्लाको गरुडा, महम्मदपुर, पिपरापचरुवी र गम्हारियामा बौलाह स्यालको आतंक छाएको छ ।
स्यालको टोकाइबाट घाइते भएकाहरुमध्ये २६ जानको गौर अस्पताल र बाँकीको गरुडा उपचार भइरहेको छ । गम्भीर घाइते १८ जनालाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्