एमपिएल लिगमा सप्तरीका दुई टिम सेमिफाईलमा प्रवेष
Advertise Here Book Now

राजविराज, कार्तिक ८ गते । सप्तरीको सदरमुकाम राजबिराजमा संचालित एमपिएलको टि टवान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको सोमवार समपन्न खेलमा सप्तरीका मेसुलंका र युथ ऐकेडमी सेमिफाईलनमा प्रवेष गरेको छ । पहिलो खेलमा मेसुलंका राजबिराजले चपुर क्रिकेट कल्व रौतहटलाई २ बिकेट
तथा युथ एकेडमी राजबिराजले बिरगंजलाई २६ रनको अन्तरले पराजित गर्दे दुवै टिम सेमिफाईनलमा प्रवेश गरेको छ । स्थानिय राजरंगशालामा भएको क्वाटर फाईनलको पहिलो खेलमा टस जितेर चपुर रौतहटले ब्याटिंग गर्दे निधार्रित २० ओभरमा सबै बिकेट गुमाई १२४ रनको योगफल बनाए । जसमा आदिल खान ३८ रन,सुधिर चौधरी र रोशन शर्माले समान्य १८/१८ रन बनाए । बलिंग तर्फ मेसुका अजय राजबंशी ३, बिकेट र बिटु कुमार तथा रबिन सिँहले २/२ बिकेट हात पारेका थिए । जवाफमा मेसुले १९.३ ओभरमा ८ बिकेटको क्षतिमा जित हासिल गर्दे सेमिफाईलको यात्रा तय गरेका थिए । जसमा राकेश कामैत २९ रन, मुकुन्द यादब, १७ तथा अजय राजबंशीले अबिजित १३ तथा बिकास दासले पनि १३ रन जोडका थिए । बलिँग तर्फ चपुरका आसिष पोखरेल २ किकेट तथा रोशन शर्मा र नन्दन यादबले १/१ बिकेट हात पारेका लिए थिए । खेलको म्यान अफ दि म्याच मेसुका अजय राजवंशी घोषित भएका थिए ।
 यसै गरी दोस्रो खेलमा टस जितेर युथले ब्याटिंग गर्दे २० ओभरमा ६ बिकेट गुमाई ११५ रनको योगफल खडा गरेका थिए । जसमा फिरदोस अन्सारीले ३९ रन, रबि रोय ३६ मिनाष थापा १० रन जोडेका थिए । बलिंग तर्फ बिरंगजका रामनरेश गिरी,ईसार्द खान,सेफुला अंसारी,हासिम अंसारीले समान्य १/१ लिएका थिए । जवाफमा ११६ रनको लक्ष्य लिएका बिरगंजले १८.५ ओभरमा सबै बिकेटको गुामाएर ८९ रनमै सिमित रहे ,टिमका लागी हासिम अंसारी १९ रन,नसरुदीन अंसारी १५ तथा रसिद खानले १५ रन जोडेपनि जितको लागी प्रयाप्त भएन ।
बलिंग तर्फ युथका दिपेन्द्र रावत ४ बिकेट फिरदोस अंसारी २ मिकु मण्डल र जय चौधरीले समान्य १/१ हात पारेका थिए । खेलको म्यानअफ दि म्याच युथका दिपेन्द्र रावत घोषित भएका थिए । भोलीको पहिलो सेमिफाईनल खेल मेसुलंका राजबिराज तथा मोहतरी र दोस्रो खेल गणपति र युथ बिच हुने आयोजक समितिका उज्जवल यादबले जानकारी गराएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्