सिरहामा जंगली हातीको आतंक स्थानिय त्रसित
Advertise Here Book Now

सिरहा,कार्तिक ७ गते । सिरहामा जंगली हात्तीले आतंक मच्याएका छन् । सिरहा जिल्लाका भारत संग जोडिएका नाका वरियापटी छेउबाट आएका चार ओटा हात्तीले आतंक मच्याएका छन् ।
हात्ती शनिबार विहान गाँउ घर हुदै महेवा, गोठ चौक , निमचौक,जिरोमाईल हुदै जंगल तर्फ गएको जिल्ला  वन कार्यालय सिरहाका जिल्ला वन अधिकृत शिलानाथ झाले बताए ।

उहाको अनुसार उक्त हात्तीले कुनै पनि मानविय छति नभएको बताए साथै हात्तीहरुलाई प्रहरी,स्थानिय र शस्त्र वन सुरक्षाकर्मीहरुले जंगल तर्फ पठाएको टे.सु ब्रहमदेब यादबले बताए ।
साथै जन समुदायमा कुनै पनि त्यस्तो जंगली जनावरहरु देखेमा जिल्ला वन कार्यालय ,ईलाका वन कार्यालय अथवा नजिकको प्रहरी चौकी मा जानकारी गराउन समेत आग्रह गरे ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्