जिल्ला अस्पताल उदयपुरमा डाक्टरहरु जानै मान्दैनन
Advertise Here Book Now

असोज १६, उदयपुर । उदयपुर जिल्ला अस्पताल को अपरेशन थिएटर डाक्टरहरु को सुत्ने ठाँउ/बेडको रुपमा परिणत भएको छ । अस्पतालमा डाक्टरहरुको लागि बस्ने क्वाटर नहुँदा डाक्टरहरुले बेडकै रुपमा थिएटरलाई प्रयोग गरेका हुन् । यहाँको अप्रेसन थिएटर बर्षौ देखि प्रयोगमा आउन सकेको छैन ।
२०७० सालबाट ५० शैय्यामा बृद्धि भएको जिल्ला अस्पताल मा दरबन्दी अनुसारको डाक्टरहरु को पदपुर्ती पनि हुन सकेको छैन भने कार्यरत डाक्टरहरु लाई आवश्यक पर्ने क्वाटर (बस्ने सुत्ने कोठा) नहुँदा डाक्टरहरु ले अस्पताल छाड्न थालेका छन् ।
अस्पतालमा कार्यरत डाक्टरहरुलाई बस्ने ठाँउनै नभएपछि उनीहरु अस्पताल नै छाडेर अन्यत्र जाने, सरुवा माग्ने र काज माग्न थालेपछि अस्पताल डाक्टरहरु बिहिन हुने अबस्थामा पुगेको अस्पताल स्रोतले बताएको छ ।
जिल्ला अस्पताल उदयपुरको प्रशासन शाखाले दिएको जानकारी अनुसार विभिन्न रोगका १४ चिकित्सको दरबन्दी भए पनि हाल दुई जना मात्र कार्यरत छन । अस्पतालमा एक मेडिकल सुपरिटेन्डेन्ट तथा कार्यालय प्रमुख डा. बिष्णुबहादुर बस्नेत र एक मेडिकल अधिकृत डा. बिशालकुमार देव मात्र रहेका छन् ।
चिकित्सक मात्र नभएर कार्यालय प्रमुखले समेत सुत्ने ठाउँनै आफ्नै कार्यकक्ष बनाउन बाध्य छन् । यस्तै करारमा नियुक्त भएका मेडिकल अधिकृत डा. अमृतकुमार चौधरी र राकेशकुमार बैठा समेत अप्रेशन थिएटरमा सुत्न बाध्य छन् ।
स्थानीय तहबाट गरिएको आग्रह र अनुरोधलाई मन्त्रालयले सुनुवाई नगरेका कारण चिकित्सक र क्वाटरको समस्या रहेको अस्पताल विकास समितिका अध्यक्ष शिव रेग्मीले बताए ।
अन्य जिल्लामा डाक्टरहरु को  आवस गृह सहितको तीन तल्ले भवन बनेपनि यस जिल्लामा त्यस्तो भवन नबनेकोले समस्या भएको उनले बताए । उसो त जिल्ला अस्पताल मा चिकित्सकको लागि आवश्यक क्वाटरको समेत समस्या हुँदा दरबन्दी अनुसारको चिकित्सक नभएको समितिका अध्यक्ष रेग्मीले बताए ।
अस्पतालमा प्रर्याप्त डाक्टर समेत छैनन्
अस्पताल का अनुसार तोकिएको दरबन्दी मध्ये एक दर्जन चिकित्सक दरबन्दीको पदपूर्ति हुन सकेको छैन । अस्पताल मा हाल सम्म प्रमुख मेडिकल अधिकृत, कन्सल्टेन्ट जनरल फिजिसियन अधिकृत, कन्सल्टेन्ट अब्स एण्ड गाईनो अधिकृत, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन अधिकृत, पेडियाट्रिसियन अधिकृत, सर्जन अधिकृत, साईक्याट्रिष्ट अधिकृत र मेडिकल अधिकृत आठौं तहको दरबन्दी भएपनि कुनै विशेषज्ञ नआएको मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुबहादुर बस्नेतले बताए ।
अस्पतालमा एनेस्थेसियामा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट अधिकृत समेत नभएको प्रमुख डाक्टर बस्नेतले बताए । यसैगरी डेन्टल शाखामा पनि शुन्य छन् । फिजियोथेरापिष्ट लगायत अन्य अति आवश्यक कर्मचारी समेत नभएको डाक्टर बस्नेतले बताए ।
यता आवश्यकता अनुसार डाक्टरहरु उपलब्ध नहुँदा अस्पताल मा सेवा प्रभावित हुने गरेको सेवाग्राहीहरुको गुनासो छ । अस्पताल का अनुसार दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेका छन् । त्यसमा दैनिक सरदर एक दर्जनको हारहारीमा प्रसुती सेवा लिन आउने गरेका छन् । -एभेरेष्ट

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्