८ दिन पछि भारत पाकिस्तानबिच भीषण युद्ध हुने भविष्यवाणी
Advertise Here Book Now

भारतीय मिडियामा यतिबेला निकै अचम्म र नयाँ विषयमा चर्चा सुरु भएको छ । त्यहाँका मिडिया अनुसार भारतको कुण्डलीमा पाकिस्तानसँग युद्ध हुने योग देखिएको छ ।
सोसल मिडिया फेसबुकमा युद्ध सम्बन्धि यो भविष्यवाणी निकै चर्चित भइरहेको छ ।
भविष्यवाणीको दाबी अुनसार ग्रहको योगले भारत र पास्कितानबिचको युद्ध आउँदो अक्टोबर १० तारिखदेखि सुरु हुनेछ । युद्ध १८ नोभेम्बरसम्म हुने बताइएको छ ।
गुजरातका अहमदावादका चर्चित ज्योतिष व्यापक लोढ्हाको यो भविष्यवाणी सोसल मिडियामा चर्चित बनेको हो ।
भविष्यवाणीका अनुसार १० अक्टोबरदेखि १८ नोभेम्बरका बिच भारत र पाकिस्तानको युद्ध हुने छ। २० सेप्टेम्बरदेखि ३ अक्टोबरका बिच चरमपन्थी समूहसँग भारतीय सेनाको मुठभेद जारी रहनेछ । ३ अक्टोबरदेखि १५ अक्टोबरका बिच भारतले पाकिस्तानविरुद्ध ठूलो हमला गर्ने जसका कारण पाकिस्तानले ठूलो नोक्सानी व्यवहोर्नुपर्ने सम्भावना रहेको ।
यसका साथै १८ नोभेम्बरसम्म भारतले निर्णायक भूमिकामा युद्ध गर्नेछ । १४ अक्टोबरदेखि १५ नोभेम्बरसम्म भारतले आफ्नो यस्तो ताकत देखाउनेछ जसका कारण संसारले आफ्नो मध्यस्थता देखाउनुपर्नेछ । त्यसपछिको शान्तिवार्ता भारतको हितमा हुने पनि भविष्यवाणीले बताएको छ ।
भारतले यतिबेला ठूलै चर्चा गरिरहेको यो विषयमा प्रश्न यो उठ्छ कि के युद्धको भविष्यवाणी गर्न सकिन्छ ? यसबारे आउँदो दिनले नै बताउनेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्