भुमिगत द्वारा रौतहटका तीन पत्रकारलाई ज्यान मार्ने धम्की
Advertise Here Book Now
अमित ठाकुर।रौतहट।फागुन १०। नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र साह, सचिव राजेन्द्रकुमार क्षेत्री र पत्रकार सञ्जय सहनीलाई भौतिक कारवाहीको धम्की दिने समूहको पहिचान गरी कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ । महासचिव रमेश विष्टले आज जारी गरेको विज्ञप्तिमा भूमिगत समूहको नामबाट तीन दिनभित्र भौतिक कारबाही गर्ने धम्कीसहितको पत्र महासंघ रौतहट शाखा कार्यालयमा फालेर गएको घटनाप्रति नेपाल पत्रकार महासंघको रौतहटको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ रौतहट शाखाका अनुसार सांसद अनिल झाको समाचार लेखेको भन्दै पत्रकार सञ्जय सहनीलाई भौतिक कारबाहीको धम्कीे आएपछि सोको विरोधमा रौतहट शाखाले विज्ञप्ति जारी गरेपछि सोही विषयलाई लिएर भूमिगत समूह “सन्तोष मिश्रा बारुद” को नामबाट आज पत्रकारत्रय साह, क्षेत्री र सहनीलाई तीन दिनभित्र हत्या गरिदिने भनी धम्कीसहितको पत्र रौतहट शाखा कार्यालयमा फालिएको अवस्थामा भेटिएको थियो ।” समाचार प्रकाशित गरेको वा विज्ञप्ति निकालेको विषयमा पत्रमार्फत पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको विज्ञप्तिमा जनाइएको छ ।
यस्ता घटनाले पत्रकारलाई आफ्नो पेशामा हतोत्साहित र कमजोर बनाउने महासंघको ठहर छ भन्दै विज्ञप्तिमा पत्रकारलाई दिइएको यो धम्कीप्रति महासंघले कडा शव्दमा भत्र्सना गरेको छ । विज्ञप्तिमा धम्की दिने समूहको तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्भिक र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरिएको छ ।