रौतहटमा हतियार सहित तिन जना भारतीय नागरिक पक्राउ
Advertise Here Book Now
होटेलमा बसी ‘प्रारम्भिक अनुसन्धान क्षेत्रमा लुटपाट तथा अपराधी घटनाको योजना बनाईरहेको बेला प्रहरीको सदा पोसाकमा गएको
टोलीले बिहार राज्य मुजफरपुर जिल्ला हरसेर, सोही जिल्ला घोसउत ग्रामपञ्चायत–१ स्वर्ण माधोपुरका २७ वर्षीय दिनेश प्रसाद कुशवाहा र मानिर ग्रामपञ्चायत–२ गदाईका २१ वर्षीय अजय प्रसाद कुशवाहा, ग्रामपञ्चायत–१ कोदरियाका २८ वर्षीय मदन कुशवाहालाई नियन्त्रणमा लिएको हो ।
सो भारतीय नागरिकबाट अटोमेटिक पेस्तोल एक थान, नककटुवा पेस्तोल एक थान र एसएलआरमा लाग्ने गोली तीन थान बरामद भएको रौतहट प्रहरीले बताएका छन् । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरीएको प्रहरीले जनाएको छ।