सन्तोषीको आरोप ‘छोरीलाई एमविविएसमा नाम निकालिदिने भन्दै रामसोभितले दश लाख ठगे’
Advertise Here Book Now

सन्तोषी महतोले आज पत्रकार सम्मेलन गर्दै भनिन् —‘तपाईको छोरी निलमको केयूबाट नाम निकाल्ने मेरो काम हो ।’ ‘दश लाख रुपैयां लाग्छ ।’ ‘जेनतेन व्यवस्था गरेर रामसोभितलाई दश लाख दिए ।’ ‘तर, छोरीको नाम निस्किएन ।’ ‘पैसा फिर्ता माग गर्दा आईओएम र त्यसपछि पाटनबाट नाम निकाल्ने भनेका थिए ।’ ‘कहिकतैबाट नाम नकालिदिएपछि उनी सम्पर्क विहीन भए ।’ रामसोभित महतो सिरहा छाडेर हाल काठमाण्डौ महानगरपालिका वडा नं. ९ गौशाला स्थित रासविता टुर्स एण्ड ट्राभल्स कार्यालय संचालन गर्दै आएका छन् । यता, रामेश्वरले आफ्ना पैसा फिर्ताको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन हाले । प्रशासनले गाउंपालिका र वडा कार्यालयमै मिलाएर आउंन भने । तर,पनि रामसोभितले टेरपुच्छर गरेनन् । त्यसपछि पीडितपक्षले जिल्ला प्रहरी कार्यालय सिरहा पुगे । त्यहांबाट सुखीपुर प्रहरीलाई रामसोभितलाई झिकाउंन प्रयास भयो । रामसोभितले उल्टो सुखीपुर प्रहरी विरुद्ध अदालतमा मुद्दा हाले । मुद्दा हालेपछि प्रहरी मौन भए । यता, रामसोभितले कानुनी प्रक्रियामा नजानु भन्दै रामेश्वर र उनका पत्नि सन्तोषीलाई पटक पटक धम्की दिंदै आएका छन् । रामेश्वरले भने ‘छोरीको पढ्ने इच्छालाई रोक्न नसकेर बंगलादेश पठाउंन लाग्दा उनले पांच जना गुण्डा पठाएर काठमाण्डौमै हामीलाई कुटपिटको प्रयास गरे ।’ ‘फोनमा पटक पटक धम्की दिंदै आएको छ ।’ ‘अरु मान्छे लगाएर मोवाईल नं. ९८१३९८५६३० र ९८०३९६६४४१ बाट पटक पटक धम्की दिने गरेको छ ।’ ‘रामसोभितको मोवाइल नम्बर ९८०२०३१५१२ हो ।’ आज लहानमा पत्रकार सम्मेलनमा पीडित दम्पती आफ्नो पैसा फिर्ताको लागि माग गरेको छ । सम्मेलनपछि एक पत्रकारले रामसोभितसंग फोनमा सम्पर्क गर्दा उनले ‘यो हाम्रो मामला हो , ‘तिमीहरु यसमा नपर्नु ठिक हुंदैन ।’ ‘मेरो चार लाख उनीहरुबाट लिनुछ ।’ रामसोभित रामेश्वर महतोका आफ्नै जेठा दाजु रामनारायण महतोका ज्वाई हुन । रामेश्वर महतोले राष्ट्रिय वाणिज्य बैंक सुखीपुरमार्फत ५ लाख र रासविता टुर्स एण्ड ट्राभल्सका कर्मचारी संजिव राउतले राष्ट्रिय वाणिज्य बैंक काठमाण्डौमार्फत ५ लाख उनलाई दिएका छन् ।