सिरहामा भित्रियो धान खेतीमा नयाँ प्रबिधि
Advertise Here Book Now

सिरहा, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको प्रबिधिक सह्योगमा संचालित जलवायु परिवर्तन अनुकुलन कृषि आयोजन सिरहाले धान खेतीमा जलवायु परिवर्तनको असर बाट हुने क्षती कम गर्ने उदेश्यले हिले छरुवा विधीबाट धानखेती गर्ने ड्रम सिडर नाम गरेको उपकरण भित्र्याएको हो । सुख्खाले धानको ब्याड राख्न नसकिने समस्या सिरहामा रहेको छ । जसोतसो गरेर ब्याडमा धानको बिउ राखेपनि त्यस पस्चात पानी नपर्नाले धानको बेर्नाहरु ब्याडमै जल्ने गरेको मिर्चैया - ४ कुथनमा कि कृषक मिना देवि महतोले बताउनु हुन्छ ।ब्याडमा बेर्ना सप्रिए तापनी रोपाईगर्ने बेलामा पानी नपर्दा बेर्नाहरु ब्याडमै बुढो हुने र बुढो बेर्ना रोप्न बाध्य हुने औरही -1हरकट्टीका किशान ममता सिंहले भन्नु हुन्छ । २० देखि २५ दिनको धानको बेर्ना रोप्न लायक हुने आयोजनाको जिल्ला प्राविधिक संयोजक रामप्रबेश चौहान को भनाई रहेकोछ . २५ दिन भन्दा बढी उमेरको बेर्ना रोपनाले धानको उत्पादन २०-२५% ले घट्ने आयोजना संयोजक चौहानले दाबि गर्नुहुन्छ । रोप्ने बेलामा पानी नपर्दा धानको बेर्ना ब्याडमै अति नै बुढो हुने र कहिलेकाही लगातारको सुख्खा खडेरीले गर्दा बेर्ना ब्याडमै जलेर नस्ट हुने समस्या भोगिरहेको मिर्चैयाका कृषक प्रमोद महतोको भनाई रहेकोछ । जलवायु परिवर्तनले धान खेतिमा गरेको असरहरु बाट जोगिन यस आयोजनाले गत साल सिरहाको ६ वटा गा.बि.स.हरु गाढा , बस्तीपुर, चतरी, मिर्चैया, हर्कट्टी कुसाहालक्ष्मीनियामा छरुवा बिधि बाटधान खेति प्रविधि कृषक हरु माझ परिक्षण गरि भित्रियाईएको थियो । गाढा,बस्तीपुर र चतरीमा हिले छरुवा विधिबाट गरेको धानको उत्पादन राम्रै भएको पाईयो । बस्तीपुरको कतिपय ठाउँमा हिले छरुवा विधिबाट गरेको धान खेतिमा उत्पादन कृषकहरुले गर्दै आएको रोपुवा बिधि भन्दा पनि बढी भएको पाइयो ।त्यसै गरि हर्कट्टी, चतरी र कुशाहालक्ष्मीनियामा धुले(सुख्खा) छरुवा प्रबिधि बाट गरेको धानको उत्पादन राम्रो भएको पाईयो । छरुवा बिधि बाट गरेको धान खेति प्रबिधि कृषकहरुले पनि अत्याधिक मन पराएका थिए । तसर्थ यस वर्ष आयोजना संचालित ६ वटा गा.बि.स. हरुमा धुले र हिले छरुवा धान खेति प्रबिधिबाट करिब १५ बिगहा क्षेत्रफलमा कृषकहरुले धान लगाएका छन् । धुले छरुवा प्रबिधिमा मनसुन सुरु हुनु अगावै(वर्षा सुरु भन्दा करिब १५दिन् आगाडी) खेत जोतेर धानको बिउ छर्ने गरिन्छ । यस विधिबाट धानखेती गर्दा झारहरुको अत्यधिक समस्या हुने हुनाले धान छरेको २ देखि ४ दिन भित्र पेंडीमिथालिन नाम गरेको झारनासक बिषादी प्रयोग गर्नुपर्छ। धानको बिउ छर्ने बेला बिउको उमार शक्ति सुनिस्चित गर्न माटोमा यथेष्ट चिस्यान नभएको खण्डमा हल्का सिचाई गरेर बिउ छर्दा अझ उपयुक्त हुन्छ । त्यसैगरि हिले छरुवा बिधिबाट धान खेति गर्दा खेत हिल्याएर २४ घण्टा पानीमा भिजाएपछी ६ घण्टा छहारीमा सुकाई टुसाएको धानको बिउ छर्ने गरिन्छ .यो बिधिबाट खेति गर्दा हिल्याएको खेत लगभग समथर र खेतमा पानी नजमेको अबस्थामा हुनु पर्दछ । छरुवा बिधिमा धान खेति गर्दा जलवायु परिवर्तन को असरबाट जोगिन सकिने , बुढो बेर्ना रोप्नु नपर्नें, खर्च कम लाग्ने, ज्यामी अभावको समस्याबाट मुक्त हुने र उत्पादन पनि राम्रो हुने आयोजना संयोजक रामप्रबेश चौहानले बताउनुहुन्छ । 

गत साल कल्याणपुर न.पा.२ चतरीमा छरुवा बिधिबाट गरेको धान खेतिलाई बाढिले खासै असर गरेको पाइएन ।त्यहि समयमा रोपुवा विधिबाट गरेको धान खेतिलाई बाढीले सखाप पारेको देखियो । यसो हुनुमा छरुवा विधिबाट गरेको धानको जराहरु माटोको तलसम्म गई बाली राम्रो संग स्थापित भएको चतरीको कृषकहरु बताउनुहुन्छ । तर रोपुवा विधिबाट धान लगाउदा रोपाईको झट्काले गर्दा धान बाली स्थापित हुन समय लाग्ने र त्यहि समयमा बाढी आएको हुनाले रोपुवा विधिबाट गरेको धान सखाप हुन गएको चतरी का किसान उर्मिला मुखियाको भनाईरहेको छ । धान खेतीको छरुवा विधि सिरहा जिल्लाको कृषकहरु माझ लोकप्रिय बन्दै गरेको यथार्थलाई आत्मसात गरि यसलाई अझ व्यवस्थित , कम झन्झटिलो र कम खर्चिलो बनाउन ड्रम सीडर पहिलो चोटी भित्रियाइएको जिल्ला प्राबिधिक संयोजक चौहानको भनाइ रहेको छ ।हिले छरुवा विधिबाट ड्रम सीडरको प्रयोगगरि धान लगाउदा धानको बीउहरु लाइनमा लगाउन सकिने, रोपुवा विधि भन्दा ज्यामी कम लाग्ने, बिउ कम लाग्ने र उत्पादन पनि बढी हुने विश्वास गरिएको छ ।ड्रम सीडरले बस्तीपुर, गाढा र चतरीमा धान लगाउदा ज्यामी खर्च ९०%ले कटौती भएको कृषक हरुको अनुभव रहेको छ ।कृषकहरुले परम्परागत तरिका(रोपुवा बिधि) ले एक बिगाहामा धान लगाउदा ३० जना ज्यामी चाहिन्छ तर ड्रम सीडर प्रयोग गर्दा २ जनाले १ बिगहामा धान लगाउन सकिन्छ । ड्रम सीडर महिलाले पनि सजिलै सित चलाउन सक्छन। तसर्थ यो प्रविधीले महिलाहरुको कामको बोझपनी कमगर्ने हुदा महिला मैत्री रहेकोछ । हिले छरुवा विधिबाट ड्रम सीडरको प्रयोग गरि धान खेती गर्दा जिल्लामै धान खेतीमा नयाँ आयाम थपिने देखिन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्