डुंगा दुर्घटनामा मृत्यु भएका परिवारलाई क्रियाक्रमका लागि उपमेयर ठाकुर द्वारा २५ हजार सहयोग।
Advertise Here Book Now
अमित ठाकुर।रौतहट।भाद्र११।गत शनिबार रौतहट जिल्लाको गौर नगरपालिका वडा नंबर ४ मा रहेको टिकुलिया घाटमा भएको डुंगा दुर्घटना परि मृत्यु भएका परिवारलाई क्रियाक्रमका लागि २५ हजारको दरले गौर नगरपालिकाका उपमेयर किरण ठाकुरले दिएकी छिन।सो स्थानमा पुल निर्माण नहुँदा यस्तो दुखद दुर्घटना भएको उपमेयर ठाकुरले बताईन।यस्ता ठेकेदारलाई कानुन बमोजिम कार्वाही गरी यस्तो कन्ट्रक्सनलाई ब्लाक लिस्टमा राख्न सरकार संग माग गरेकी छिन। उपमेयर ठाकुर कार्यक्रमका लागि काठमाडौं गई रहदा नगरपालिकामा यस्तो दुर्घटना भएको खबर सुन्ने बितिकै हेटौंडाबाट फर्केकी थिईन। गौर अाउने बितिकै घट्ना स्थल पुगी रेखदेख गरेकी थिईन। यस्तो दुर्घटनाको भागेदार ठेकेदार नै रहेको सम्बदाता अमित ठाकुर संग कुराकानी उपमेयर ठाकुर बताईन।सो डुंगा दुर्घटनामा बाहिरको पनि ब्यक्ति हुन सक्नेका साथ साथै कति ब्यक्ति बेपता भएको अहिले सम्म अनुमान लागेको छैन। सो डुंगा दुर्घटनामा नदीको बहाव बढी भएको कारणले केही ब्यक्तिहरु भारतको बिहारमा बगेको थियो । तर अहिले सम्म बिहारबाट भारतीय सुरक्षाकर्मीको सहयोगले ४ जनाको शव फेला परेका छन। जस मध्ये ३ जना शव गौर नगरपालिका वडा नंबर ४ का रहेको थियो । भने १ जना ईशनाथ नगरपालिका वडा नंबर ३ अौरैयाका थिईन।फेला परेका शव गौर नगरपालिका वडा नंबर ४ का शान्ति देवी साह,अोम प्रकाश चन्द्रबंशी र १० बर्षकी उषमा कुमारी पटेल थिईन। भने ईशनाथ नगरपालिका वडा नंबर ३ अौरैयाका रुना देवी पटेल थिईन।अाफ्नो नगरपालिकामा हिजो १ जना र अाज २ जना गरी शव अस्पतालबाट परिवारलाई जिम्मा लगाए पछी गौर नगरपालिकाका उपमेयर किरण ठाकुरले क्रियाक्रमका लागि सहयोग स्वरुप अहिले २५ हजार दिएको र पछि १ लाख दिने उनले वताईन।