सिराहाका चालकहरु आन्दोलनमा, राजमार्ग सुनसान
Advertise Here Book Now
सिरहा असोज २ गते । चालकहरुको बन्दले सिरहा लगायत तराईका जनजीवन प्रभावित भएको छ । सवारी नचलेका कारण यात्रुहरु गन्तव्य सम्म पुग्न नपाउँदा अलपत्र परेका छन् ।
मुलुकमा जारी भएको नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिक जस्तो गरेको भन्दै चालकहरुले सवारी साधन नचलाएका हुन् ।
भदौ १ गते देखि जारी भएको नयाँ ऐन कानुन अनुसार सवारी साधनको दुर्घटनामा ज्यान गएमा चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था गरेसँगै चालकहरु आक्रोशित भएका हुन ।
चालक समुहले असोज १ गते सवारीको चावी आफ्नो सवारीमालिकलाई बुझाउने र असोज २ गते सवारी अनुमतिपत्र संकलन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई फिर्तागर्ने कार्यक्रम एक अपिल मार्फत सर्वजनिक गरेको छ ।
बन्दका कारण सिरहाबाट छट्ने लामा तथा छोटो दुरिका सवारीसाधन छुट्न सकेका छैनन भने बजार र स्कुल भने सन्चालन मात्रै रहेका छन् ।